नवराज ज्ञवाली पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिले एघारौं वार्षिक साधारणसभाकाे पूर्व संन्ध्यामा सञ्चारकर्मीसंग भेटघाट
गरेको छ। तानसेन खानेपानी उपभोक्ता समितिले संस्थाकाे एघारौं सभाकाे अवसरमा संस्थाकाे वार्षिक कार्य प्रगति बारेमा जानकारी दिने
सुझाव लिने उदेश्यका साथ पत्रकारसंग भेटघाट तथा छलफल गरेको हाे।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष माेहनप्रसाद श्रेष्ठले समितिले नियमित रूपमा संस्थाबाट भएगरेको कामबारे जानकारी दिदै खानेपानीकाे वितरणलाई व्यवस्थित सहज पहुँच विस्तारका लागि काम गरिएको भन्दै खानेपानीको आधारभूत समस्यालाई पहिचान गरि पानीको आपूर्तिमा सहज बनाउनतर्फ आफू र समिति केन्द्रित रहेको बताउँनुभयाे । उहाँले अहिले निकै बढ्दो जनधनत्वले आपूर्तिमा उच्च माग बढ्दो कारणले वितरण चाँप बढ्दो छ । उच्च बढ्दो खानेपानीको मागलाई व्यवस्थापन गर्नमा जुटेको सञ्चारकर्मीहरूसंगकाे भेटमा उहाँले भन्नुभयो ।

एघारौं वार्षिक सभाकाे पूर्व संन्ध्यामा सञ्चारकर्मी भेटघाट तथा छलफल वार्षिक साधारणसभामा पेश हुने बिषयबस्तु जानकारी गराउँदै बेलाबेलामा हुने विद्युत पावर कमीले गर्दा खानेपानीकाे माेटर नचल्ने समस्या रहेकोले समस्या कम गर्न विशेष पहल गर्दै क्यापिसिटर बैंक व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यस्तै विद्युत जडान आपूर्तिमा हुने समस्या पानी तान्ने पम्पघरमा हुने स्थायी समाधान पहल गरि बेला बखतमा आकस्मिक रूपमा पम्प बिगि्रएर हुने समस्याकाे समाधान सहित आपूर्तिमा सहज बनाउनलाई लागिएको सञ्चारकर्मीसंग भेटमा उहाँले जानकारी दिनुभयो ।

वार्षिक साधारणसभाकाे सफल बनाउनलाई सञ्चार संस्था र सञ्चारकर्मीहरूकाे भूमिका महत्त्वपूर्ण रहने भन्दै सधैव यहाँहरूकाे साथ सहयोग रहेने विश्वास गरेको छु भन्नुभयो ।सञ्चारकर्मीसंगकाे छलफल तथा भेटमा उहाँले समितिकाे पहल समन्वयमा संघीय सरकारकाे वित्तीय व्यवस्थापन सुनिश्चित गर्दै पचास लाख भार क्षमता रहेको रिर्जभ ट्याङ्गकीकाे निर्माण कार्य भइरहेको,समितिकाे कार्यालय भवन निर्माण र जग्गा प्राप्तिलाई पहल तथा समन्वय भइरहेको छ सञ्चारकर्मीसंगकाे भेटघाटमा उहाँले भन्नुभयो ।
तानसेन खानेपानी उपभोक्ता समितिले काम गर्दा कुनै किसिमको व्यक्तिगत लाभ लिने अभिप्रायले कुनै पनि काम नगरेको बताउँदै अध्यक्ष श्रेष्ठले समितिकाे विधि -विधान र नियम,सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर काम गर्ने गरेको पनि बताउँनुभयाे । उहाँले आफूहरूबाट कुनै त्यस किसिमको काममा कुनै स्वार्थमा नजाेडिएकाे भन्दै व्यक्तिगत स्वार्थ अभिप्रायले कुनै लाभलिने गरि आफूले र समितिका अन्य जिम्मेवार पदाधिकारी कर्मचारीबाट समेत त्यस किसिमको गतिविधि नभएको धारणा व्यक्त गर्नुभयो ।
सञ्चारकर्मीले उठाउँनुभएको प्रश्नकाे बिषयमा थप जवाफ दिदै समितिका अध्यक्ष श्रेष्ठले कुनै शंका वा जिज्ञासा उठेमा त्यसको तथ्यगत र बस्तुनिष्ट भई अध्ययन अनुसन्धान गरि त्यसकाे बिरूद्व छानवीन गर्नलाई आवाज उठाउन वा उजुरी दिन सकिने,छानवीनमा कुनै पनि किसिमले कमीकमजोरी भएमा वा दाेसी ठहर भएमा पनि आफ्नो सामाजिक जीवनबाटनै बाहिरीने जानकारी दिनुभयाे। जुनसुकै सजाय भाेग्न र दण्डित हुन तयार रहेको बताउँनुभयाे। उहाँले भन्नुभयो हामीले याे वा त्यो भनि कुनै गतिविधि पनि गरेनौं समितिकाे कामहरू गर्दा विधि सम्मत भएर चल्नुपर्छ भन्ने मूल्यमान्यतामा रही काम गरेको बताउँनुभयाे। धेरै चुनाैतीहरू बिचमा हामीले आफ्ना काम गतिविधि गर्दा त्यसमा हामीलाई ऐन नियम र कानुनी विधिले बाँधिएका केही दायरामा रहेर काम गर्दा सबैका इच्छा चाहनाहरू पुरा भएनन् हाेला त्यस अनुसारको काम गर्न नसकिएको वा भावना नसमिटिएकाे हाेला तर उदेश्य स्पष्ट छ ।
विधि विधान ऐननियमकाे परिधिभित्र रही विधि सम्मत काम हुनुपर्दछ भन्ने मान्यता हाे हामी यसमा यहाँले राख्नु भएको जिज्ञासा सुझावलाई आफूहरूले सधैं आत्मसात गर्दै हिड्ने त्यस किसिमको सकरात्मक सल्लाह सुझावलाई सधैं ग्रहण गरि हिड्ने बताउँदै यहाँहरूकाे सक्रियता सहयोग सद्भाव प्राप्त भइरहने आशा विश्वास लिएको सञ्चारकर्मीसंग भेटघाट गर्ने क्रममा बताउँनुभयाे। तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो एघारौं वार्षिक साधारणसभाकाे पूर्व संन्ध्यामा सञ्चारकर्मीहरूसंग भेटघाट कार्यक्रम गर्दै साधारणसभामा छलफल हुने विषय उपभोक्ता समितिले गरेको गतिविधि माथि जानकारी दिने उदेश्यले याे भेटघाट गरिएको अध्यक्ष श्रेष्ठले बताउँनुभयाे ।
तानसेन खानेपानी उपभोक्ता समितिकाे आयाेजित सञ्चारकर्मी भेटघाट छलफल कार्यक्रममा अध्यक्षकाे प्रस्तुत विषयमा रहेर नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सिना पूर्व अध्यक्ष रेखिराम राना र सञ्चारकर्मीहरूजगदीश भट्टराई, मुक्ति न्याैपाने, कृष्ण पाेखरेल,माधव अर्याल,विजय वाैडेल,नारायण न्याैपाने र रामचन्द्र नेपाल लगायतले आ-आफ्नो विचार सहितको सुझाव जिज्ञासा राख्नुभएको थियो ।सञ्चारकर्मी भेटघाटमा पत्रकारले राखेका जिज्ञासा माथि समिति अध्यक्ष श्रेष्ठले जवाफमा आफू सधैँ सञ्चारमैत्री रहेकोले हरेक गतिविधिकाे खुल्ला र पारदर्शी भएर छलफल गर्ने गरेकोले पनि यहाँहरूसंगकाे याे नियमित भेटघाट अन्तर्गत छलफल कार्यक्रम र वार्षिक साधारणसभा पेस हुने विषयबस्तु बारे जानकारी दिने ध्येयले सञ्चारकर्मीकाे भेटघाट कार्यक्रम गरिएको हाे भेटघाटमा उठेका गहन महत्त्वपूर्ण सुझाव जिज्ञासा सकरात्मक लिने गरेको बताउँदै सक्रिय साथ सहयोगकाे अपेक्षा समेत गरेको बताउँनुभयाे।
सञ्चारकर्मी भेटघाट कार्यक्रमकाे तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष माेहनप्रसाद श्रेष्ठको अध्यक्षता र सचिव प्रेम मल्लकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













