मुख्य समाचार
सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो | झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी' | सोच | रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा | साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा | सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो | आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते |

झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी'

Rastriyanews
न्वागी जस्ता मौलिक पर्वहरूले स्थानीय कला, संस्कृति र धार्मिक सहिष्णुतालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेले

पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ झ्याङ्लामा ऐतिहासिक तथा धार्मिक '१३ औँ न्वागी महोत्सव' भव्य रूपमा सम्पन्न भएको छ। हजारौँ दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको उक्त महोत्सवलाई सम्बोधन गर्दैंँ पाल्पा क्षेत्र नं २ को सांसद डा. माधव थापाले स्थानीयको वर्षौँदेखिको माग रहेको 'बन्चरे घाट पुल' आफ्नै कार्यकालमा निर्माण गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विकास निर्माणसँगै न्वागी जस्ता मौलिक पर्वहरूले स्थानीय कला, संस्कृति र धार्मिक सहिष्णुतालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

खाणदेवी तथा देवीस्थान मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न महोत्सवमा पाल्पाका स्थानीय बासिन्दाका साथै छिमेकी जिल्ला रूपन्देही लगायतका क्षेत्रबाट हजारौँ दर्शकहरूको घुइँचो लागेको थियो।

कार्यक्रममा बोल्दै पूर्व वडा अध्यक्ष तथा स्थानीय समाजसेवी राजेश श्रेष्ठले मगर जातिको विशेष बाहुल्यता रहेको यस क्षेत्रमा खाणदेवीको पूजाआजा गरी नयाँ अन्नबाली चढाएर मात्र ग्रहण गर्ने सदियौँदेखिको धार्मिक परम्परा रहेको प्रकाश पार्नुभयो। यस्तै, समाजसेवी ठगबहादुर थापा क्षेत्रीले न्वागी परम्परा मगर सभ्यताको अभिन्न अंग रहेको धारणा राख्नुभयो।

स्थानीय अगुवा उमा जिसीले दसैँ र तिहारपछिको महत्त्वपूर्ण पर्वका रूपमा रहेको न्वागीलाई विगतमा भैलो नाचगान तथा पुराना सभ्यता झल्किने मारुनी र पुर्सुङ्गे नाचसहित मनाइने गरेको स्मरण गर्दै पछिल्लो समय यसलाई व्यवस्थित महोत्सवका रूपमा विकास गरिएको बताउनुभयो। युवा तथा समाजसेवी सेरजङ्ग थापाले अग्रजहरूको परम्पराको जगेर्ना गर्न तथा गाउँमा बसोबास गर्ने आमाबुबा र स्थानीय बासिन्दालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर घर्तीमगरका अनुसार पहिले 'देवीथान' का रूपमा परिचित झ्याङ्लालाई पछिल्लो पुस्ताले 'देवीस्थान मन्दिर' का रूपमा परिमार्जन गर्दै लगेको छ। परम्परागत पर्वलाई भव्य महोत्सवका रूपमा रूपान्तरण गर्न देउसी–भैलो तथा स्थानीय र बाह्य क्षेत्रका समाजसेवी युवाहरूको आर्थिक सहयोग संकलन गरिएको उहाँले जानकारी दिनुभयो।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको विशिष्ट आतिथ्य रहेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक अर्जुन सापकोटा, गायिका शान्तिश्री परियार, गायक गोकुल न्यौपाने र डान्सर साहिल (एस.के. डान्स ग्रुप) लगायतका कलाकारहरूको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए।

औपचारिक तथा सांस्कृतिक दुवै सत्रमा सञ्चालन भएको उक्त महोत्सवको सहजीकरण सुमन श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो

६ मंगशिर २०८३, आइतबार

झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी'

६ मंगशिर २०८३, आइतबार

सोच

६ मंगशिर २०८३, आइतबार

रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा

६ मंगशिर २०८३, आइतबार

साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा

५ मंगशिर २०८३, शनिबार

सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो

४ मंगशिर २०८३, शुक्रबार

सम्बन्धित समाचार