मुख्य समाचार
तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी | श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ | पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट | बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु | मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा बगे दुई युवा, खोजी जारी | पाल्पामा ढुङ्गा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ | सुनको मूल्य आज पनि बढ्यो, तोलाको २ लाख ४७ हजार ९ सय | सर्पको टोकाइबाट बर्दियामा ६४ वर्षीय चौधरीको मृत्यु | सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो | भारतबाट अवैध रूपमा ल्याइएका २८५ चार्जर र नौ हेडफोन बरामद |

पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट

Rastriyanews

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले चालु आर्थिक वर्ष २०८३/०८४ को कात्तिक महिनाको कार्यसम्पादन प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कात्तिक महिनामा जिल्लाभर १५ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। तीमध्ये ६ वटा फछ्र्योट भएका छन् भने ९ वटा मुद्दा बाँकी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार कात्तिक महिनामा झुण्डिएर मृत्यु भएका घटनासम्बन्धी ५ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै, चोरी, चन्दा, अभद्र व्यवहार, सवारी भवितव्य ज्यान, आगो लगाई आत्महत्या ज्यान, भवितव्य ज्यान र फुटकर ज्यानसम्बन्धी एक–एक वटा मुद्दा दर्ता भएका छन्।

यसैगरी, चालु मुद्दाका ७ जना पुरुष प्रतिवादी पक्राउ परेका छन्। अदालतबाट फैसला भई फरार रहेका ४ जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट २४ हजार रुपैयाँ जरिवाना असुल गरी १ वर्ष १ महिना ७ दिन कैद भुक्तानका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

महिला तथा ज्येष्ठ नागरिकतर्फ घरेलु हिंसासम्बन्धी ५ वटा ठाडो उजुरी परेका छन्। तीमध्ये बगनासकाली गाउँपालिकाका ३, तानसेन नगरपालिकाका १ र निस्दी गाउँपालिकाका १ उजुरी रहेका छन्।

त्यस्तै, हराएका ११ जनामध्ये १० जना फेला परेका छन्। फेला पर्नेमा ५ महिला, २ पुरुष, २ बालिका र १ ज्येष्ठ नागरिक रहेका छन् भने एक बालिका अझै फेला पर्न बाँकी रहेको सूचना अधिकारी भट्टराईले बताउनुभयो। कार्यालयमा प्रत्यक्ष रूपमा परेका १२ वटै ठाडो उजुरी फछ्र्योट गरिएको उहाँले जानकारी दिनुभयो।

कात्तिक महिनामा जिल्लाभर ८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १० वटा सवारीसाधनमा क्षति पुगेको छ भने एक जनाको मृत्यु र १४ जना घाइते भएका छन्।

ट्राफिक चेकजाँचका क्रममा २७२ वटा सवारीसाधनलाई कारबाही गरी ३ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, राजस्व चुहावट नियन्त्रणतर्फ ७९ हजार ४ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

प्राकृतिक सम्पदा दोहनमा संलग्न २ वटा सवारीसाधन नियन्त्रणमा लिई ४० हजार रुपैयाँ जरिवाना गराइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार