मुख्य समाचार
युएई लगातार तेस्रो जितसँगै सेमिफाइनलनजिक | राधिका हमाल र रामप्रसाद पाठकको आवाजमा ‘अब त लाहुरे आउँछ’ सार्वजनिक | भोटेकोशी बाढीपछि तादी खोलामा सेनाले एक्रो ब्रिज जडान गर्दै | पाल्पामा खोलाले बगाउँदा दुई युवाको मृत्यु | पाल्पामा विपद् उद्धार समिति गठन | तानसेन नगरपालिकाले नगरगान तयार गर्न आह्वान, उत्कृष्टलाई ५० हजार पुरस्कार | रिब्दीकोटमा पौरखी समूहको उदाहरणीय सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार | तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला | भोटेकोशी बाढीपीडितको उपचारमा सहयोग गर्न बगनासकालीमा रक्तदान कार्यक्रम | भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम, नदी किनार नजान आग्रह |

राधिका हमाल र रामप्रसाद पाठकको आवाजमा ‘अब त लाहुरे आउँछ’ सार्वजनिक

Rastriyanews

पाल्पा। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको स्वरमा सजिएको तीज गीत ‘अब त लाहुरे आउँछ’ सार्वजनिक भएको छ। तीज पर्वलाई लक्षित गरी तयार पारिएको उक्त गीत यमन खनाल युट्युब च्यानलमार्फत विश्वभर सार्वजनिक गरिएको हो।

गायक रामप्रसाद पाठककै लय रहेको गीतमा पाठक र विक्रम अधिकारीको शब्द रहेको छ। गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ हेमराज डाँगीले गरेका हुन्।

गीतको भिडियोमा यमन खनाल, जुना कार्की, सन्दीप मगर र रिया सुनारको मुख्य अभिनय रहेको छ।

चाडपर्वको समयमा विदेशमा रहेका लाहुरेको प्रतीक्षामा बसेकी लाहुरेनी र बिदा मिलाएर घर फर्किने लाहुरेको प्रतिबद्धतालाई गीतमा प्रस्तुत गरिएको छ। प्रेम, प्रतीक्षा र पारिवारिक भावनालाई समेटिएको उक्त गीत महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

‘अब त लाहुरे आउँछ’ रामप्रसाद पाठक र विक्रम अधिकारीको संयुक्त प्रस्तुति हो। 

प्रतिक्रिया

सम्बन्धित समाचार