मुख्य समाचार
गुल्मीमा दुःखद घटना : भीरबाट खसेर ३७ वर्षीया महिलाको मृत्यु | तानसेन एक राइडाँडा सडक जीर्ण, खाल्डाखुल्डी पुर्न चालक आफैँ बाध्य | रोल्पामा जुवातास खेल्नेविरुद्ध प्रहरीको कारबाही, नेतासहित १० जना नियन्त्रणमा | बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो | कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यु | मत फेरियो तर फेरिएन गाउँको नियति: सिंहदरबारको बेवास्तामा भुइमान्छेका ग्रामीण बस्ती | रुपन्देहीमा महिलाको हत्या गरी सुन लुटपाट गरेको आरोपमा चार जना पक्राउ | देउरानी सिरियल अब देउरानी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट प्रसारण हुँदै, दर्शकलाई च्यानल सर्च गरेर हेर्न आग्रह | सुन तोलामा ७ सय रुपैयाँले महँगियो | दाङमा ट्रक–मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते |

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यु

Rastriyanews

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित खसी बजारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक राजन ढकालका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ७ प २४४६ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलले पैदलयात्री स्थानीय ७० वर्षीया टिका पौडेललाई ठक्कर दिएको थियो।

बुधबार बिहान करिब ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते पौडेललाई तत्काल सञ्जीवनी सामुदायिक अस्पताल, चन्द्रौटा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा बिहान करिब ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक सल्यानको कपुरकोट गाउँपालिका–३ निवासी २२ वर्षीय भुपबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार