मुख्य समाचार
व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा | पाल्पामा विद्युत सेवा अवरुद्ध | सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध | रिब्दीकोटमा पहिरोले दुई घर पूर्ण क्षति, एक महिला बेपत्ता | सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए | कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी | एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो | देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित |

व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा

Rastriyanews

सुशिल बस्याल पाल्पा ।

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका सम्भावित आकांक्षीबारे आन्तरिक छलफल र चासो बढ्न थालेको छ। यही क्रममा व्यवसायिक पृष्ठभूमिका रमेश पराजुलीको नाम पनि कांग्रेसको स्थानीय वृत्तमा चर्चामा आएको छ।

व्यवसायमार्फत लामो समयदेखि स्थानीय स्तरमा सक्रिय पराजुलीले रोजगारी, उद्यमशीलता र आर्थिक आत्मनिर्भरताका विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। राजनीतिकभन्दा फरक क्षेत्रबाट सामाजिक र व्यवसायिक गतिविधिमा आफ्नो परिचय बनाएका उनी पछिल्लो समय पार्टीको संगठनात्मक भूमिकामा आउन खोजेको विषयले पनि ध्यान खिचेको छ।

पराजुलीको सामाजिक सक्रियता पनि उनको परिचयको अर्को पक्ष हो। स्थानीय स्तरमा स्वास्थ्य उपचार, विपद् तथा आर्थिक कठिनाइमा परेका व्यक्तिलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएको बताइन्छ। व्यवसायसँगै कलाकारितामा समेत संलग्न रहेका पराजुलीले सामाजिक विषयलाई सिर्जनामार्फत उठाउँदै आएका छन्।

कांग्रेसभित्र नयाँ पुस्तालाई संगठनमा जोड्ने, गैरराजनीतिक क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिलाई पार्टीको भूमिकामा ल्याउने तथा स्थानीय आवश्यकतासँग संगठनलाई जोड्ने विषयमा बहस भइरहेका बेला पराजुलीको सम्भावित प्रतिनिधित्वलाई पनि त्यही सन्दर्भमा हेरिएको छ।

यद्यपि महाधिवेशन प्रतिनिधिका लागि हुने प्रतिस्पर्धामा अन्तिम रूपमा कस–कसले उम्मेदवारी दिन्छन् भन्ने स्पष्ट भइसकेको छैन। क्षेत्र नम्बर २ मा देखिन थालेको प्रारम्भिक राजनीतिक गतिविधिले भने व्यवसायिक तथा सामाजिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको सम्भावित भूमिकालाई समेत बहसमा ल्याएको छ।

पराजुलीको राजनीतिक यात्रा कुन रूपमा अघि बढ्छ भन्ने विषय आगामी पार्टी गतिविधि र महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाले निर्धारण गर्नेछ। अहिलेका लागि भने उनको नाम पाल्पा–२ को कांग्रेस वृत्तमा सम्भावित प्रतिनिधिका रूपमा बृहत् रुपमा चर्चामा आउन थालेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार