७ मंसिर, काठमाडौं । विगत केही सातादेखि लगातार घट्दै आएको सुनको मूल्य आज बढेको छ। आज सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।>
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ तोकेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।>>