काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्।>
त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। यस्तै, दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।>
जनकपुर बोल्ट्स यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौं गोर्खाजले भने आजको खेलसँगै यस सिजनको प्रतियोगितामा सुरुवात गर्दैछ। कर्णालीले पहिलो खेल जित्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।>
आजको दोस्रो खेलमा भिड्न लागेका विराटनगर किङ्सले भने यसअघि चितवन राइनोजसँग आठ रनको हार बेहोरेको थियो।>
यसैबीच, एनपीएलमा बुधबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गरेको थियो।>
यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।>
आठ टोली सहभागी एनपीएल प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।>>