मुख्य समाचार
जुन टिमले जिते पनि जित नेपाली क्रिकेटकै हुन्छ : मन्त्री गौतम | तीन वर्षमा आठ क्रिकेट रंगशाला बनाउने सरकारको लक्ष्य | कपिलवस्तुमा लागूऔषध मुद्दामा ३० जना पक्राउ | सुन तोलामा ३ हजार महँगियो | दुई रोपनीमा नर्सरी, एक रोपनीमा फूल खेती; रामबहादुरको वार्षिक आम्दानी साढे ३ लाख | सरकारले ४ उच्च जोखिमयुक्त हिमतालको सतह घटाउने | सेयर बजारको नयाँ बेन्चमार्क सूचक ल्याउने तयारीमा धितोपत्र बोर्ड | सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो | बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र यात्रुलाई सतर्क रहन आग्रह | बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प |

राष्ट्रिय समाचार खेलकुद ९ कार्तिक २०८३, सोमबार

जुन टिमले जिते पनि जित नेपाली क्रिकेटकै हुन्छ : मन्त्री गौतम

Rastriyanews

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटको उत्साहलाई नयाँ उचाइमा पुर्‍याएको बताएकी छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मैदानमा जुनसुकै टिमले जिते पनि अन्ततः जित नेपाली क्रिकेटकै हुने उल्लेख गरेकी हुन्।

मन्त्री गौतमले एनपीएललाई नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गमका रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार प्रतियोगिताले नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभालाई विश्वस्तरीय खेलाडीसँग एउटै मैदानमा उभिने अवसर दिएको छ।

यसले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र उनीहरूका सपनालाई नयाँ उडान दिने विश्वास उनले व्यक्त गरेकी छन्।

मन्त्री गौतमले उचित वातावरण निर्माण गर्न सके निजी क्षेत्रले खेलकुदका सम्भावनालाई उद्योगमा रूपान्तरण गर्न सक्ने बताएकी छन्। प्रतिभालाई अवसर र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण एनपीएल बनेको उनको भनाइ छ।

उनले लेखेकी छन्, “सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपीएल बनेको छ।”

एनपीएलले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउनुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकास र प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार