मुख्य समाचार
केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय | १५ वर्षदेखि कृषिमा जम्दै भट्टराई: ‘मेहनत गरे स्वदेशमै वार्षिक ४ लाख आम्दानी सम्भव’ | गुल्मीमा दुःखद घटना : भीरबाट खसेर ३७ वर्षीया महिलाको मृत्यु | तानसेन एक राइडाँडा सडक जीर्ण, खाल्डाखुल्डी पुर्न चालक आफैँ बाध्य | रोल्पामा जुवातास खेल्नेविरुद्ध प्रहरीको कारबाही, नेतासहित १० जना नियन्त्रणमा | बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो | कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यु | मत फेरियो तर फेरिएन गाउँको नियति: सिंहदरबारको बेवास्तामा भुइमान्छेका ग्रामीण बस्ती | रुपन्देहीमा महिलाको हत्या गरी सुन लुटपाट गरेको आरोपमा चार जना पक्राउ | देउरानी सिरियल अब देउरानी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट प्रसारण हुँदै, दर्शकलाई च्यानल सर्च गरेर हेर्न आग्रह |

१५ वर्षदेखि कृषिमा जम्दै भट्टराई: ‘मेहनत गरे स्वदेशमै वार्षिक ४ लाख आम्दानी सम्भव’

Rastriyanews

पाल्पा । विगत १५ वर्षदेखि कृषि तथा पशुपालन व्यवसायमा निरन्तर सक्रिय तानसेन नगरपालिका–१०, गणसालका रामबहादुर भट्टराई क्षेत्री व्यावसायिक कृषिका क्षेत्रमा उदाहरणीय कृषकका रूपमा स्थापित हुँदै जानुभएको छ।

आफ्नै लगानी, सीप र निरन्तर मेहनतका भरमा कृषि तथा पशुपालन व्यवसायलाई अगाडि बढाउँदै आउनुभएका क्षेत्रीले हाल दैनिक करिब १२ लिटर दूध उत्पादन गर्दै आउनुभएको छ। यसका साथै विभिन्न कृषि उपज उत्पादन गरी बजारमा बिक्रीसमेत गर्दै आउनुभएको छ। उहाँका अनुसार कृषि तथा पशुपालन व्यवसायबाट वार्षिक करिब ४ लाख रुपैयाँ आम्दानी हुने गरेको छ।

‘इमानदारीपूर्वक मेहनत गर्ने हो भने स्वदेशमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै माटोमा पसिना बगाएर आत्मनिर्भर बन्न सबैले प्रयास गर्नुपर्छ।’

१५ वर्षदेखि व्यावसायिक कृषिमा निरन्तर लागिरहनुभएका क्षेत्रीले भने स्थानीय तह तथा सम्बन्धित सरकारी निकायबाट कृषि अनुदान, प्राविधिक सहयोग र प्रोत्साहनका कार्यक्रमबाट लाभ लिन नसकेको गुनासो गर्नुभएको छ। कुनै विशेष सरकारी सहयोगबिना आफ्नै लगानी र परिश्रमबाट व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँ स्वदेशमै केही गर्न चाहने युवाका लागि प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ।

रामबहादुरजस्ता मेहनती र वास्तविक कृषकलाई राज्यले समयमै पहिचान गरी प्रोत्साहन गर्न सके स्थानीय कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुग्न सक्छ। कृषि क्षेत्रमा वितरण गरिने अनुदान तथा सहयोग वास्तविक किसानको खेतबारी र गोठसम्म पुग्नु आवश्यक छ।

स्थानीय सरकारले कागजी योजना र औपचारिक कार्यक्रममै सीमित नभई लामो समयदेखि आफ्नै लगानीमा कृषि कर्म गर्दै आएका कृषकको पहिचान गरी उनीहरूलाई आवश्यक प्राविधिक सहयोग, प्रोत्साहन र सहुलियत उपलब्ध गराउनुपर्ने देखिन्छ।

कृषिमा आत्मनिर्भरता भाषणले होइन, वास्तविक किसानको मेहनतलाई सम्मान, उचित मूल्य र आवश्यक सहयोग गरेर मात्रै सम्भव छ।

कृषि रिपोर्ट राष्ट्रिय न्यूज | पाल्पा 

प्रतिक्रिया