मुख्य समाचार
रुपन्देहीमा नेपाल–भारतका ४४ पहलमानबीच कुस्ती दंगल, मध्यप्रदेशका मिश्र प्रथम | बडादसैंको समापनसँगै आज कोजाग्रत पूर्णिमा मनाइँदै | कागजमा ‘कृषिमैत्री’ योजना, व्यवहारमा किसानलाई सास्ती: छेर्लुङ्गको कृषि सडक अलपत्र | ‘माटो र बाली व्यवस्थापन : एक झलक’ | रवि लामिछाने तीन दिने तीर्थाटनका लागि भारत जाँदै | लुम्बिनीका पहाडी जिल्लामा सराय नाचको रौनक, संस्कृति संरक्षणमा चुनौती | आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत | दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार | बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न थप चार अर्ब बजेट आवश्यक | कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद |

समाचार लुम्बिनी प्रदेश खेलकुद ९ कार्तिक २०८३, आइतबार

रुपन्देहीमा नेपाल–भारतका ४४ पहलमानबीच कुस्ती दंगल, मध्यप्रदेशका मिश्र प्रथम

Rastriyanews

रुपन्देही । नेपाल र भारतका ४४ पहलमानबीच प्रतिस्पर्धा भएको अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता रुपन्देहीमा सम्पन्न भएको छ।

विजयादशमी महोत्सव २०८३ को अवसरमा संगम सहारा युवा क्लबले तिलोत्तमा नगरपालिका–१०, सगरहवा रोहिणी किनारमा आयोजना गरेको दुईदिने प्रतियोगितामा नेपाल र भारतका पहलमानहरूले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा भारतको मध्यप्रदेशबाट आएका रामकान्त मिश्र प्रथम भएका छन्। उनले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। रुपन्देहीका धर्मेन्द्र यादव दोस्रो हुँदै ३१ हजार रुपैयाँ र गुल्मी घर भई हाल रुपन्देहीमा बसोबास गर्दै आएका विशाल थापा तेस्रो हुँदै २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए।

क्लबका उपाध्यक्ष तथा मेला संयोजक चन्दन चौधरीका अनुसार प्रतियोगितामा भारतको अयोध्या, गोरखपुर, बिहार र मध्यप्रदेशलगायत क्षेत्रबाट पहलमानहरू सहभागी भएका थिए। नेपालका रुपन्देही, नवलपरासी र गुल्मीलगायत जिल्लाका पहलमानहरूले पनि प्रतिस्पर्धामा भाग लिएका थिए।

स्थानीयस्तरमा परम्परागत कुस्ती खेलको प्रवर्द्धन तथा नेपाल–भारतका खेलाडीबीच आपसी सम्बन्ध र खेलकुद संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

फोटो : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया

सम्बन्धित समाचार