गुल्मी, कात्तिक १८ गते । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।>
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार रेसुङ्गा नगरपालिका–३, भाडगाउँबाट तम्घास जाने क्रममा ३७ वर्षीया तारा बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो।>
धुर्कोट गाउँपालिका–६ स्थायी घर भई भाडगाउँस्थित माइतीमा बस्दै आउनुभएकी बस्नेत बुधबार बिहान माइतीबाट तम्घासको छापटोलास्थित घर फर्किने क्रममा दुर्घटनामा पर्नुभएको प्रहरीले जनाएको छ।>
रेसुङ्गा नगरपालिका–३ स्थित डुङडुङे भीरबाट खसेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।>
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।>
>
>>