नेपाल एउटा कृषिप्रधान देश हो । यहाँको मानव जीवनयापनको मुख्य श्रोत पनि कृषि नै हो । तर आजको विकसित अवस्थामा पनि हाम्रो खेती प्रणाली परम्परा अनुकुल नै चलिराखेको छ । त्यसको असर त्पादकत्वमा पर्दछ । उत्पादनकै हिसाबलाई Our world in data २०२४ को तथ्यङ्कलाई हे¥यो भने धानको उत्पादकत्व बढी भएको देश अस्ट्रेलिया देखिन्छ । यहाँ प्रति हेक्टर ११.९१ टन धान प्रतिहेक्टर उत्पादन गरिन्छ भने नेपालमा ४.१९ टन प्रति हेक्टर उत्पादन भएको पाइन्छ । यसरी नै अरू बालीका तथ्याङ्क पनि विकसित देशको तुलनामा हामी निकै तल्लो स्तरमा छौं । यसका धेरै कारणहरू छन् । यस सम्बन्धमा मैले माटो, मल, बीउ, बाली संरक्षण ,सिँचाई, प्रविधि र बजारको पहुँचको बारेमा लेख्दै आएको छु र भन्दै आएको छु । यी बाली उत्पादन तत्वहरूको संतुलित व्यवस्थापन नगरेसम्म उत्पाादन बढ्दैन । म आज यिनको व्याख्या गर्नतिर जान्न । यी तत्त्व मध्येबाट एक तत्त्व माटोको पनि एक गुण माटोको बनावट( soil texture) मा मात्र जाने विचार गरेको छु । माटो निमार्ण चट्टन र खनिजहरू खिइएर साना साना कणमा परिणत भएर बन्दछ । यी साना कणहरू सबै भन्दा ठूलो कण बालुवा हो र यो भन्दा सानो कण पाँगो (सिल्ट) र त्यो भन्दा अझै मसिनो कण चिम्टे (clay) हो । यी कणलाई जानकारी लिन कुनै ठूलो मिहनत पर्दैन । जोतेको जग्गामा गएर हेर्दा तथा माटो समाउँदा सहजै पत्ता लाग्छ कि कस्ता कणबाट माटो बनेको हो । हेर्दा डल्लो नभए र छाम्दा माटोको कण हातमा विझायो भने यसमाटोमा धेरै बालुवा छ भन्ने जानकारी हुन्छ । यदी माटोमा साना तथा हलुका डल्ला परेको छ भने यस्तो माटोलाई हातले अठ्याउँदा सजिलेरी माटो टुक्रिन्छ भने यो माटोमा बालुवा र पाँगो चिम्टे कण मिसिएर बनेको चिम्टेकणको मात्रा निकै कम भएको माटोको रूपमा चिनिन्छ ।यदि माटोको डल्लालाई हातले पूटाल्दा फुट्न कठिन हुन्छ भने यस्तो माटोमा चिम्टेकण धेरै हुन्छन् भन्ने जानकारी हुन्छ । >
माटोको डोरी अर्को भाषामा रिबन बनाएर माटाको कणको परिक्षण गर्न सकिन्छ । यो पनि किसानले सहज रूपमा माटोको कण छुट्ट्याउने तरिका हो । माटोलाई थोरै पानीमा राखेर या पानीले भिजाएर बुढी आंैंला र तर्जनी औलामा खेलाउँदा बिजाउँछ र डोरीको आकार लिएन भने यो माटो बलौटै माटो हो । यसरीनै ओसिलो माटोलाई खेलाउँदा डोरी त बन्छ तर यति कमजोर हुन्छ कि डोरी चुडिन्छ भने त्यो माटो दोमट माटो भनेर जानिन्छ । यसरी नै माटोलाई डोरी लामो बन्यो चिम्टे माटो भनेर जानिन्छ । >
हाम्रो खेतबारीको माटो बलौटे, दोमट, चिम्टे कुन प्रकारको भनेर जानकारी घरमा बसेर हामीले जानकारी पाउन सक्छौं । माटोको बनावट जान्दा मात्र पनि हामीले माटोको कणको आधारमा कुन बाली लगाउने र माटो व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी पाउन सक्छौं । >
बलौटे माटो व्यवस्थापन – हामीलाई एउटा उखान थाहा छ कि ‘बालुवामा पानी हाले जस्तो’ यसको अर्थ हो पानी माटोमा अडिदैन चुहेर जान्छ । यस्तोमाटोमा पानी अडिदैन । पानी नअडिए पछि चाँडै सुख्खा हुन्छ । सिचाई पटक पटक दिनुपर्ने । मल पनि त्यसमा खास गरी नाइट्रोजन तत्व बढी चुहेर जान्छ । एस्तो माटोमा युरिया जस्तो मलको प्रयोग गर्दा दिने मात्रालाई खण्ड खण्ड गरेर प्रयोग गर्ने र प्राङ्गारिक मलको मात्रा बढाउँदै लैजानु पर्छ । बलौटे माटो रुखो हुन्छ । बलौटे माटोमा काम गर्न (खन जोत गर्न ) भने सजिलो हुन्छ । मैले माथि नै भनि सके कि माटोमा पानी अडिदैन अर्थात पानी जमेर हुने क्षति कम हुन्छ । जाडो मौसम बालुवा चाँडै तात्छ र बालीले तापक्रम पाउँछ । बिरुवा बढ्न सहज हुन्छ । बालुवा भएको माटोमा धेरै भूक्षय हुने सम्भावना पनि हुन्छ । मैले माथि नै भनिसकेको छु कि बलौटे माटो रुखो हुन्छ । यसमा बिरुवालाई आवश्यक पर्ने खाद्यतत्त्व प्रदान क्षमता कमहुन्छ । यसलाई मलिलो पार्न प्राङ्गारिक मलको प्रयोग बढी भन्दा बढी प्रयोग गर्नुपर्छ । छापोको प्रयोग गर्नु पर्छ । छापो प्रयोगले माटोबाट पानी वास्पिकरण हुन जोगाउँछ ।माटोलाई हलुका बनाएर राख्छ । माटो हलुका भएपछि हावाको आवागमन सहजै हुन्छ । छापोमा वनमारा तितेपाती, बकाइनु, निम जस्ता वनस्पति प्रयोग गरियो भने मलको साथै केहीहदसम्म रोग कीराको आक्रमणलाई र झारलाई पनि नियन्त्रण गर्छ । हाम्रा किसानको लागि बलौटे माटो सुधार गर्नको सजिलो उपाए भनेको प्राङ्गारिक मलको प्रयोग नै हो । प्राङ्गारिक मलमा गोबर, गहुँत, कम्पोष्ट, हरियोमल–( खेतीगर्ने, जमिनमै उमारेर काठ नपस्दै जोतेर पुरी दिने जस्तै कोशेबालीहरू, ढैंचा आदि, तथा वनबाट सोझै ल्याएर खेतबारीमा राखी जोतेर पुरेर प्रयोग गर्ने मललाई हरियो मल भनिन्छ ) प्रयोग गर्ने हरियोमल प्रयोग गर्दा करिव एक हप्ता जति माटोमा पुरेर पच्न ( Decomposedहुन) दिनु पर्छ । भेडा बाख्राको जुतो अर्थात सबै जीवहरूको दिसा पिसाव र कुखुराको सुली, पिना आदिलाई प्रयो गर्नु पर्छ । >
बालीव्यवस्थापन – भन्ने गरिन्छ माटो गुणको बाली अर्थात जस्तो माटो छ त्यसलाई सुहाउँदो बालीको प्रयोग गर्नु पर्छ । हरेकबालीको लागि उपयुक्त माटो हुन्छ । बालीले रुचाउने खालको माटोभएमा उसत्पादन बढी लिइन्छ । तर किसानसँग भनेजस्तो माटो छैन भने खेती नै नगर्ने त्यसो हैन । जस्तो माटो छ त्यसैलाई व्यवस्थित गरेर बाली लगाउनु पर्छ । सम्क्षेपमा भन्नु पर्दा बलौटे माटोमा जराफैलिने अर्थात माटो मुनी फल्ने बाली आलु पिंडालु , शखरखण्ड, गाजर र मुलाहरूको लागि उपयुक्त मानिन्छ । लहरेबालीहरूमा खर्बुजा, तरबुजा, हरियो सिमी, फर्सी (स्क्वास) र गोलभेडा काँक्रो, खुर्सानी, बलौटे माटोमा राम्ररी फस्टाउन सक्छन् । यसरी नै फलपूmल खेतीमा स्याउ, नासपाती, आरु र आलुबखडा, स्ट्रबेरी, ब्ल्याकबेरी र रास्पबेरी आदिको लागि उपयुक्त ठानिन्छ । दाल तथा कोशे बालीलाई त माटो सुधारक बाली पनि भनिन्छ । किनकी यिनले माटोबाट खाना लिनुको साथै माटोमा वायुमण्डलीय नाइट्रोजन स्थिरिकरण गर्दछन् । मसुरो, केराउ, भटमास, चना, सिमी, बदाम, अल्फाल्फा, क्लोभर, बोडी, लुपिन, ओट्स, आदिले पनि बलौटे माटो रुचाउँछन् । अन्नबालीमा गहुँ, जौ, कोदो, जुनेलो, टेफ र फापरजस्ता बालीहरू बलौटे माटोमा पनि सफलतापूर्वक उब्जाउन सकिन्छ ।>
निष्कर्ष >
बलौटे माटामा पानीको राम्रो निकास,काम गर्न सजिलो, अरूमाटो भन्दा न्यानो (तातो पन) जस्ता सकरात्मक पक्ष छन् भने माटो चाँडै सुक्ने, अरूमाटोसरी यसको संरचना कमजोर हुने भएकोले बिरुवाका जरालाई समाउनमा कमजोडी, हावा र पानी बाट भूक्षय बढ्ता हुने नकरात्मक पक्ष हुन् । >
समग्रमा, पानी बढ्ता चाहिनेबाली बाहेक माटोको राम्रो व्यवस्थापन गर्न सकेमा उत्पादनशील बनाउन सकिन्छ । र माथि उल्लेखित बालीलाई सहजरूपमा उत्पादन लिन सकिन्छ । >
(लेखक माटो व्यवस्थापन निर्देशनालयका पूर्व प्रमुख हुन् )>
लेखक: सदानन्द अभागी>
कावासती नगरपालिका–७, शान्तिचोक,बर्दघाट सुस्ता पूर्व,>
माटो / कृषि विज्ञ>
>
>>>>
>>