काठमाडौं, मंसिर ८ गते । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको छ। यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ।>
आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।>
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार १ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार १ सय ४५ रुपैयाँ कायम भएको छ।>>