मुख्य समाचार
सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो | झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी' | सोच | रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा | साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा | सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो | आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते |
मुख्य समाचार
सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो | झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी' | सोच | रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा | साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा | सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो | आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते |

अन्य लेख ६ मंगशिर २०८३, आइतबार

सोच

Rastriyanews

यो संसारलाई प्रत्यक्षतः प्रभाव पार्ने कतै मानसिक विषय छन् त कतै भौतिक विषय । व्यक्ति मन मनस्थितिसँग सम्बन्धित रहेका अनेकन् विषयमध्ये सोच पनि एक हो । सोचको अर्थ जोरजाम, सञ्चय, संकलन, संग्रह, ख्याल, जोहो, चिन्तन, मनन्, धारणा, मत, मति, मन्थन, विचारणा, गहिरो विचार, गर्ने–नगर्ने कुराको निष्कर्षात्मक विचार, निष्कर्ष, टुङ्गो, गुदी निकाल्ने बौद्धिक काम, तात्विक अनुभव ठीकसँग मन्थन गरी निर्णय गर्ने काम, फैसला, ठीकवेठीक छुट्टयाउने शक्ति, प्रमाणका आधारमा सत्यतथ्य पत्ता लगाउने काम, गहिरो विचार वा ध्यान, विवेचना हुने भए पनि यहाँ सोचको अर्थ चिन्तन÷विचारसँग अथ्र्याउन खोजी लेखलाई केन्द्रित गरिएको छ । साथै यसको शक्ति र प्रभाव, सोचाइ परिणामका कर्महरू, सोचको शक्ति र बिचलन : कारण र प्रभाव र समग्रमा सोचको उद्देश्यका बारे पनि छोटो चर्चा गरिनेछ ।

सोच गहिरिएर चिन्तन गर्ने विषयसँग सम्बन्धित छ । मनमा पर्ने खुल्दुली, चिन्ता, पीर पनि सोच नै हो । सोच निश्चित विषयको गम्भीर चिन्तन हो । मानिसको अन्तर्मनबाट निस्कने विचारलाई सोच मान्न सकिन्छ । हरेक मनमस्तिष्कमा सुटुक्क डेरा जमाएर बसेको विषय सोच हो । तसर्थ यो व्यक्तिको जीवनको उद्देश्य निर्धारक र लक्ष्य प्राप्तिको भरपर्दो आधार हो । हुनत सोच्दैमा सबै कुरा पाइदैन । केही नसोचे त झन् केही पनि पाइन्न । त्यसर्थ सोच अत्यावश्यकीय विषय हो । कुनै पनि सोचले सार्थकता पाउन कठिन सङ्घर्ष अनिवार्य हुन्छ । सकारात्मक र सोचे ,चाहेअनुसार परिवर्तनका लागि पीडा खेप्नै पर्छ । मान्छेको भावनामा परिवर्तन ल्याउने र नेतृत्व गर्ने खुबीको विकास पनि मनबाट सोचको रूपमा उत्पन्न हुन्छ । सोच व्यक्तिपिच्छे फरक हुन्छ, प्रायः अवस्थामा । व्यक्ति व्यक्तिको सोचमा एकरूपता आउन नसक्दा त्यो सोच परिवार, समाज र राष्ट्रको समेत प्रगतिको बाधक बनिदिन्छ । पूर्वीय दर्शनले सोचका लागि मन प्रमुख मानेको छ । मनले प्रभाव पार्छ । बुद्धिले निर्णय गर्छ । दिमागअनुसार सोच, समझ र व्यवहार बाहिर आउने हो ।

कुनै जटिल जस्तो लाग्ने समस्या समाधान हुन नसक्दा पनि मानसिक प्रभाव परी सोच जन्मन्छ वा इच्छा, आवश्यकता, आकांक्षा, रुचि, चाह आदिमा फेरबदल भइरहँदा सोच जन्मन्छ । त्यति मात्र नभई अनुसन्धानात्मक विषयको परिकल्पना गरी सैद्धान्तिक रूपमा प्रस्तुत गर्ने कल्पना पनि सोच गर्ने कल्पना पनि सोच हो । मानिस सामाजिक, आर्थिक, नैतिक, सांवेगिक, राजनीतिक र मनोवैज्ञानिक रूपमा विचलन हुँदाको अवस्थामा पनि सोच्न वाध्य हुन्छ । कुनै बेलाको सोचबाट समस्या आँउछ तर फेरि अलि फरक सोचबाट नै समाधान हुने भएकाले होला जीवनमा आशानिराशाका परिणति यसकै उपज भएका हुन् । त्यसै कहाँ भनिएको हो र ? सोच बदल्नुहोस्, आकाशका सितारा पनि मिल्छ भनेर सोच उद्देश्य÷लक्ष्यमा पुग्ने सोपान हो । सोचरूपी सोपान चढेर मान्छेले संसारकै हलचल गराइरहेको छ । सोच भन्ने कुरा व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि ठूलो कुरा हो भन्ने कुरा सबै व्यक्तिलाई थाहा नहुन सक्छ, सबैले नसोचेका हुन सक्छन् । विचार को विचलन वा दुर्घटनालाई भने कुसोच मान्नुपर्छ । संसारको सिर्जना र विनास सोचकै उपज हुन् । सोच मनोवृत्ति हो, दृष्टिकोण पनि हो ।

सोचका प्रकार विश्लेषण गर्ने हो भने यसका अनेक प्रकार हुन सक्लान् तर मुख्य रूपमा यो दुई प्रकारको हुन्छ भन्ने प्रायःलाई थाहा भएको कुरा हो । ती सकारात्मक र नकारात्मक सोच हुन् । सोच मानिसको जन्मपश्चात् विभिन्न अवस्थाबाट उत्पन्न हुने गर्दछ । यो सर्वमान्य र सदासर्वदा सत्य नै रहिरहन्छ भन्ने हुँदैन । तसर्थ सकारात्मक र नकारात्मक सोच स्थिर हुँदैन , रहदैन तर सकारात्मक सोचले सिर्जना र नकारात्मक सोचले बिनास हुने, ह्रास बढ्ने वा कुनै पनि विषयको अबमूल्यन हुने कुरामा कसैको दुईमत हुँदैन । सकारात्मक सोच हितकारी, उपयोगी र प्रभावकारी हुन्छ । यो उद्देश्यमूलक हुन्छ । यसले व्यक्ति, परिवार, समाज संघसंस्था वा राष्ट्रलाई उत्प्रेरकको रूपमा काम गर्छ । सुसोचका कारण व्यक्तिले सम्पूर्ण क्षेत्रमा तनमन लगाएर कार्य गर्न सक्दछ । सकारात्मक सोचबाट गरिएका कार्यहरू विशेषतः योजनायुक्त र वैधानिक हुन्छन् जसको वेफाइदा अति न्यून हुन्छन् । यस्तो सोचले अग्रगामी परिवर्तन, जनचेतनाको विकास, नयाँ सम्भावनाको खोजीसहित कार्यसम्पादन गर्न सजिलो हुन्छ । कुसोचका कारण सामाजिक बिसंगति, नयाँ पुस्ताहरूको विचार भावनामा गम्भीर असर, कार्यसम्पादन क्षमतामा ह्रास आउँछ । यसका साथसाथै कार्ययोजना स्पष्ट, तीव्र र पारदर्शी नहुनु, निश्चित विचारको अडान नहुनु, कुलतमा लाग्ने, पारिवारिक वितण्डा मच्चाउने, हत्या, हिंसा, आतङ्क, लुटपाट, डकैती, बलात्कार, अपहरण, पिट्ने, मार्ने जस्ता अपराधजन्य क्रियाकलाप भइरहन्छन् । सङ्कीर्ण (साँघुरो) सोचले व्यक्तिको जीवनलाई सखापै पार्दछ । अवास्तविक सोचकर्ताहरू “सय हात फड्कने, सुकेको खोलामा अड्कने” स्थितिमा रहेका हुन्छन् ।

सोचाइ नभएको मान्छे जीवनमा सधै फुर्सद भएको ठान्छन् । तिनले समय आए गएको चिन्दैनन्, मतलव गदैनन् । तिनले कतिबेला अवसर आउँछ ? कसरी अवसर उपयोग गर्ने ? समय के हो ? जिन्दगी के हो ? कसरी विताउनुपर्छ ? भन्ने कुरामा कुनै चासो राख्दैनन् । बरु बेलामा नसोच्ने तर भाग्यलाई सरापेर बस्न सक्छन् । सही र फराकिलो सोच नभएका मध्येबाट केहीले खानु, पिउनु र रमाउनु मात्र जीवन ठान्छन्, उद्देश्य यही हो भन्छन् । अमीट छाप छाड्ने कर्म गर्ने ध्यान उनीहरूलाई जान्न । नकारात्मक सोच्नेहरूले नै सधै अरुमाथि दोषारोपण गरिरहन्छन् । खराव सोच भएकाहरू “सेलरोटीको बीचको खाली भाग मात्र देख्छन् ।” सोचाइमा पक्षघात भएकाहरू सानो मन (चित्त) भएका हुन्छन् । तिनीहरू झगडालुसमेत हुन्छन् । उनीहरू आफ्नै कामलाई पनि दायित्व र कर्तव्य मान्दैनन् बरु त्यही कामलाई अर्काको टाउकोमा हालिदिन सजिलो मान्छन् । उनीहरू यथास्थितिवादमै रहने खालका हुन्छन् । सोच नहुनेहरूलाई परिस्थितिले ढिलोचाँडो पश्चातापसिवाय केही दिँदैन । “लामालामा पाइला चालेर छलाङ मार्छु” भन्ने सोचले जीवन कठिन बन्नसक्छ, इञ्चइञ्च गरी निरन्तर बढ्ने पाइला नै बरु सहजतासँग गन्तव्यमा पुग्छन् । “मान्छे पैसा नभएर, गरीब भएको होइन, विशेष गरी सोच नभएरै गरीब भएको हो ।” सोचको गरिबीमा अज्ञानता हुन्छ । अज्ञानता रोग हो । यसले सम्पूर्ण राम्रा पक्षलाई मास्दछ । 

मानव सभ्यताको विकास भएयता वर्तमान समयमा सुसोच÷कुसोचको कारण सुपरिवर्तन र दुष्कार्य हुँदै आएका तथ्य हाम्रामाझ जीवन्त छन् र मेटिएका पनि छैनन् । सोचलाई स्वास्थ्य स्थिति र मानसिक अवस्था जिज्ञासा, शंका र आश्चर्यले पनि उत्तिकै प्रभाव पार्दछन् । अर्कालाई राम्रो देख्ने वा नदेख्ने, विदेशिने, स्वदेशिने, मित्रता र शत्रुता प्राप्त गर्ने सबै सोचमै आधारित, अभिप्रेरित छन् । सुकर्म र कुकर्मको निर्धारक हो सोच । शिक्षा, दर्शन, कला, राजनीति, धर्म, इतिहास, भूगोल, पर्यावरण, विज्ञान, अनुसन्धान, स्वास्थ्य, संगीत, साहित्य आदि अनेकन् क्षेत्रको अस्तित्व सबै यसकै प्रभावमा परेका छन् । मान्छेमा सकारात्मक र नकारात्मक सोच छिनछिनमा भइरहन सक्छ । यसका आधारमा उद्देश्य÷लक्ष्य सफलताका कार्य निर्धारण भइदिन्छ । सोचलाई परिस्थिति, वातावरण, समय, स्थान, पद (तह) आदिले पनि हलचल नै मच्चाइदिन्छ । समाजसेवा, परोपकार वा मानवकल्याण, मानवताको विकास, बफादारिता, सदाचार, दायित्ववोध, शिष्टता, सभ्यता, इमान्दारिता, विनम्रता, संयमता, कर्तव्यनिष्ठता, परिश्रमीपन, त्याग, समर्पण, लगाव जस्ता विषय सन्दर्भको विकास यसैले गराएको हो । सोचले बाटो बने बन्दैछन्, विजुली बले, बल्दैछन् । विद्यालय, अस्पताल, संघसंस्था, उद्योग, कलकारखाना बने, बन्दैछन् बन्नेछन् । सुखसुविधाका सामान निर्माण भइरहेका छन् । पानी, यातायातको व्यवस्था पनि भए । धेरै कुरा भए, हुन बाँकीमध्ये केही भइरहेछन्, भविष्यमा पनि भइरहनेछन् । यसका कारणबाट कतिलाई सामान्य व्यक्तिबाट विशिष्ट कतिलाई नेता, अभिनेता बनायो, कतिपयलाई भने विशिष्टबाट कनिष्टतामा पनि पु¥यायो । सोचवान् व्यक्तिहरू जीवनका पलपल समयलाई उपयोग गरेका थिए र गर्दैछन्, गर्नेछन् भन्ने कुराका ज्वलन्त उदाहरण खेलाडी, साहित्यकार, अर्थशास्त्री, कलाकार, शान्तिकामी, वैज्ञानिक, समाजसेवी, दार्शनिक, राजनेता आदिका जीवनीबाट प्रष्टिन्छ । सोचले लक्ष्मीप्राद देवकोटालाई महाकवि बनायो । झमक कुमारी घिमिरेलाई नेपालको हेलन केलरसरह बनायो । विष्णुकुमारी वाइबालाई साहित्य वाटिकाकी पारिजात बनायो । अल्वर्ट आइन्स्टाइन महानतम् वैज्ञानिक बने । नेपाल आमाका सपुतहरूको शहादत्वले केहीलाई अमर बनायो । अरस्तु राजनीति– विज्ञानका जनक भए । त्यस्तै अलेक्जेण्डर महान विश्वविजेता, चेखद–रसियाली साहित्यका महान् कथाकार र नाटककार, इदि अमिन–मान्छेको मासु खाने क्रूर तानाशाह, एड्गर रन्जो–चिनीयाँ जनक्रान्तिबारे विश्वलाई चिनाउने, एडॉल्फ हिटलर–तानाशाह नाजीवादका प्रणेता, ओशो रजनिस–दर्शन शास्त्रका स्वघोषित भगवान, ओसामाविन लादेन–पेण्टागन र ट्विनटावरमा आक्रमण गराई संसार हल्लाउने आतङ्कारी, कार्ल माक्र्स–सर्वहारा वर्गका महान् गुरु तथा सहश्राब्दी नायक एवम् प्रणेताका रूपमा परिचित भए । त्यस्तै किमइलसुङ–कोरियाका मुक्तिदाता, कोटनिस स्वतन्त्रताका सेनानी, कौटिल्य–महान कुटनीतिज्ञ, जर्मनकी क्लारा जेटकिन–महिला मुक्ति आन्दोलनकी प्रणेता, गौतम बुद्ध– बुद्धधर्मका प्रणेता, ग्यालिलियो ग्यालिली–पृथ्वीले सूर्यलाई घुम्छ भनी पत्ता लगाउने टेलिस्कोपका आविस्कारक, चाली च्याप्लिन–सफल हाँस्य कलाकार एवम् व्यङ्ग्यकार, डार्विन–विकासवादका प्रतिपादक, अर्नेष्ट चेग्वेभारा–अन्तर्राष्ट्रियवादी क्रान्तिकारी योद्धा, जंगबहादुर राणा कोतपर्वका नायक, जिनज्याक रुसो–फ्रान्सेली क्रान्तिका अग्रदुत भई चिनिए । जोन रक फेलर–लगनशील व्यक्ति, जोन रिड–साहसिक लेखक, ज्यॉँपाल सात्र्र– नोबेल पुरस्कार अस्वीकारकर्ता, म्याराडोना–फुटवलका जादुगर, तसलिमा नसरिन– प्रसिद्ध नारीवादी लेखिका, थोमस एल्वा एडिसन–१,३०० भन्दा बढी बस्तुका आविष्कारक, दाँते–इटालीका महाकवि, नेपोलियन–विश्वइतिहासका अद्वितीय योद्धा, पाब्लो पिकासो– अर्मूत कलाका प्रवर्तक, पेले–फुटवल समाट, प्रेमचन्द–भारतीय उपन्यास सम्राट, प्लेटो– आदर्श राज्यका कल्पनाकार, फिडेल क्यास्ट्रो–क्युवा मुक्तिका प्रणेता एवम् राष्ट्रपति, बब मार्लो अश्वेत कान्तिकारी गायक, एगेल्स–माक्र्सका सच्चा भित्र र साम्यवादका संस्थापक मध्ये एक, मदर टेरेसा–समाजसेवी, नेल्सन मण्डेला–दक्षिण अफ्रिकामा रहेका काला जातिका मुक्तिदाता एवम् स्वतन्त्रासेनानी आदि सबै उच्च÷विशिष्ट÷महान्÷सुसोचका कारण भए । सोचमा उच्चता भएकाहरू व्यक्ति, स्वार्थ र फाइदाभन्दा माथि उठेर समाज र राष्ट्रका लागि अनुकरणीय कार्य गर्न सक्दछन् भन्ने कुराका उदाहरण माथि प्रस्तुत गरिएका अतिरिक्त अनेकौं छन् । उनीहरूका कर्म र जीवन राष्ट्रसेवा, जनहित र सेवामा बढी केन्द्रित भए, हुन्छन् । उनीहरूको सोचले पलपलमा आफू बाँचेको अर्थ खोज्दछ । महान् उद्देश्यबाट अभिप्रेरित हुने उनीहरूलाई जीवनका कुनै पल फुर्सदिला नहुने र समय अत्यन्तै अमूल्य हुने ठान्छन् उनीहरू । उनीहरूलाई के सुख ? के दुःख ? दुःख नै भए पनि फुर्सद निकालेर आँशु चुहाउने समय हुदैन । जीवनमा सफल सोच राखी कर्म गरेका व्यक्तित्वहरु मरेर पनि बाँचिरहन्छन् । तिनीहरूको कर्म सदैव प्रसंशनीय अनुकरणीय र उदाहरणीय रहिरहन्छ । तिनीहरूको सफल सोच र कर्मले युगौंयुग बाँचिरहन्छन् ।

सोच्नेहरूको व्यक्तित्व सधै उच्च हुन्छ । उनीहरूको शिखरचर्चा भइरहन्छ । सही सोचेर र सोअनुरूप योजना÷रणनीति बनाएर अघि बढेकाहरूलाई जीवनमा सफलताको कुनै खडेरी परेको हुन्न । समय÷काल खण्डमा सोच्नेले सोचे, नसोच्नेले हावा तालमा, बेकम्मा रूपमा वा गैरजिम्मेवार भएर पनि जीवन बिताए । त्यस्ताले जिन्दगीमा के गर्दा राम्रो हुन्छ भन्ने सोच्न पनि आवश्यक ठानेनन् ।

सार्थक सोचमा व्यक्ति, परिवार, राष्ट्र र अन्तर्राष्ट्र बदल्ने शक्ति हुन्छ ।  सोचमा भएको हुन सक्ने शक्ति अमूल्य हुन्छ सोचको शक्तिको कुनै सीमा छैन । कुनै पनि व्यक्तिले कतिसम्म सोच्न सक्छ भन्ने पनि सीमा÷हद छैन । सोचको परिधि कति हुन्छ कसैले भन्नसक्ने अवस्था छैन । जहाँसुकै नेतृत्व गर्ने शक्ति तथा संसारको मुहार समुज्ज्वल रूपमा फेर्नसक्ने तागत सोचमा अवश्य हुन्छ । सोचको विलय हुँदा नै आफ्नो मात्र हेर्ने, अर्को जेसुकै होस् भन्ने स्वार्थी भावनाले भाइचारा र विश्ववन्धुत्व तहसनहस भएको छ । धन कमाउने, थुपार्ने, मोजमस्तीबाहेक अर्को उद्देश्य केही नहुनेले परिवार, समाज र राष्ट्र विगार्दैछन् । नीचतामा लागेर, व्यक्तिगत अहम् पालेर सिंहको गर्जन छाट्नेको संख्या बढ्दैछ । ‘पैसा सवथोक हो’ भन्ने सोचले कुकृत्यका श्रृङ्खला दोहोराइरहेका छन् । सोच÷कुसोचमा सकारात्मक नकारात्मक कर्म गर्ने शक्ति हुन्छ भन्ने प्रमाण भेटिइरहेका छन् । मालिकले नोकरलाई कजाएर शोषण गर्ने होस् वा धनीले गरीबको श्रम चुसेर, लुटेर भोज गर्ने स्थिति हामीबाट टाढा छैनन् । जिऊ बेच्ने, मास्ने कार्य होस् वा ढाट्ने, छल्ने र भ्रष्ट्रताको उचित तालमेल नमिल्दा करोडपतिबाट रोडपति पनि बन्नु परेको छ कसैलाई । राजाबाट साधारण नागरिक हैसियतमा भर्ने÷रहन परेको उदाहरण खोज्न टाढा जानुपर्दैन । सोचका परिणामले विचित्रका कार्य हुन्छन् । अहिले अर्कालाई लात हानेर बिरोधी बनेर, इज्जत–प्रतिष्ठा गिराएर, पछारेर अनर्गल दुष्प्रचारको बिगबिगी गराएर भए पनि आफू स्थापित बन्न खोज्ने अवस्था विद्यमान छ । राष्ट्रमा राष्ट्रभक्ति, राष्ट्रियता, देशप्रेमको भावना हराउनु, देशलाई लथालिङ्ग, भताभुङ्ग बनाउने अवस्था बढ्दो छ । राष्ट्र टुक्रयाउने लहर चल्दैछ । नेताहरू जनतालाई नीति पढाउँछन् आफू भने कुनीति अँगाल्छन् । शिक्षा क्षेत्र पनि अस्तव्यस्त र कहालीलाग्दो छ सोच विचलनका कारण । नीति ल्याइन्छन् राम्राराम्रा तर कार्यान्वयनमा सधै समस्या, किन हुन्छ यस्तो ? उत्तर सोच विचलन नै हो । जस्तै एउटा उदाहरणको रूपमा हेर्दा– मानौं, एउटा शिक्षक पेशामा लागेको व्यक्तिले आदर्श सोच राखेमा ऊ उदाहरणीय अनुकरणीय र नमूना आदर्श शिक्षक कहलिन्छ तर त्यसैले बाटो बिराउँदा कथित शिक्षक भइदिन्छ । विषय क्षेत्रअनुसार उदाहरण अनेकन् छन् । समय सन्दर्भमा समयको स्वभाव बदल्न खोजेको जस्तो देखिए पनि बदलिएको चाहि मान्छेको स्वभाव प्रवृत्ति÷ सोच हो । यसै कारणले गर्दा विद्यार्थीले घरमा आमाबाबु टेर्दैन, विद्यालयमा शिक्षक टेर्दैन । हुनत नकारात्मकता बढ्नुमा अनेक कारण होलान्÷सकारात्मकताका लागि पहल गर्दा गर्दै पनि नकारात्मकताकै गतिविधि बढ्दो क्रममा रहेको तथ्य सहज स्वीकार्न सकिन्छ । यस युगमा नकारात्मकताको हावी हरेक कुरामा छन् । संस्कार, संस्कृति, रीतिरिवाज, जीवनशैली, प्रस्तुति शैली, कार्यशैली मौलिक देखिन्नन् बरु देखिन्छन् कृतिम मात्रै । जहाँ जुन ठाउँमा सफलता असफलता भेटिइरहेको छ त्यहाँ कारक तत्त्व सोच नै भएको छ । देशमा राजनीतिक क्षेत्र विसङ्गत र विकृतिको भण्डार भएको छ । भष्ट्राचार, बेथिति, सुशासनको अभाव, विधिको शासन नहुनु, राजनीतिक कुसंस्कार, राज्यको सम्पत्तिमा लुट र रजाई, नियमपालना नहुनु, मनोमानी बढ्नु यी सबै राज्य÷सरकारका नालायकहरुले निम्त्याएका दुष्परिणामहरू हुन् ।

लोकतन्त्र प्राप्ति पछिका अवस्थालाई मात्र हेर्ने हो भने पनि देशभित्र अर्ध औपनिवेशिकता, राजनीतिक दल कमजोर भएका, हरेक पटक सत्तालोलुपता भागवण्डाको खिचातानी छ । यतिसम्म कि देशमा गोपनीयता समेत भङ्ग हुने गरेको छ । आर्थिक राजनीतिक क्षेत्रमा विशेष गरी ९० प्रतिशतभन्दा बढी भारतको हस्तक्षेप देखिन्छ । नेपालको सरकार परिवर्तनमा भारतको विशेष भूमिका देखिन्छ । यहाँका पार्टीमा पिछलग्गु प्रवृत्ति छ । राष्ट्र निर्णयको क्षमतामा कमी, दुरदर्शिताको अभाव, विगत (पूर्वज) का नेताहरूद्वारा परिचालित असफल कदमहरू, जुन कदमहरू वर्तमान नेताहरूले पनि अनुसरण गरेका छन् । राजनीतिक दूरदर्शिताको कमी छदैछ । सत्ताकेन्द्रित व्यवस्था कानूनी व्यवस्थाको दुरुपयोग, युवाहरूको बढ्दो विदेश पलायन, शैक्षिक बेरोजगारी, जातिय सहिष्णुताको धराप, भविष्य नै अन्योलग्रस्त, विकास रिमिट्यान्समा मात्र भई देशमा उही पुरानै प्रवृत्ति दोहोरिनु देशका खलनायकहरूको सोचले भएको हो । यति मात्र कहाँ हो र ? देशमा संविधान सभाको दोस्रो आमनिर्वाचन हुनुपर्ने स्थिति र भइसकेपछिको स्थितिमा पनि अस्थिरता, सहमतिको सरकार गठन नहुनु सत्तामा लुछाचुडी र बार्गेनिङ मात्र हुन्छ । राज्यमा शान्ति, विकास, सुशासन, सुरक्षा, अमनचयन प्रत्याभूति हुने कुरा छदै छैन । आर्थिक क्रान्ति गर्ने कुरा कहाँ छ खोई ? शैक्षिक व्यापारीकरण चरम छ, भ्रष्टलाई कारवाही कमै छ । कानूनी व्यवस्थामा राजनीतिक हस्तक्षेप किन रोकिदैन ? शैक्षिक गुणस्तर किन अधोगतिमा छ ? गरीब देश भन्ने नेताचाँहि धनी देखिने के हो यो अवस्था ? यी सबै प्रश्न वा सवालको जबाफ एउटै छ, त्यो हो– सोच बिचलन ।

सोचको कारण भएका राम्रा नराम्रा विषय प्रसंग, देशविदेशमा यत्रतत्र सर्वत्र नै छन् । जहाँ जे भएको छ, सुनिन्छ ती सबै सोचस्वरूप भएका घटना÷कार्य हुन् । कुनै भवितव्य घटना÷कार्यबाहेक अरू सबै मानव चिन्तनका उपज हुने गरेका छन् । प्राकृतिक घटना÷कार्य मानव सोच÷नियन्त्रणभन्दा बाहिर छन् । सोच कर्मका प्रसंग जोड्ने क्रममा– बिहारका लालु यादवले १५–२० वर्ष विहारमा राज गरेको अवस्था र कसैले, “जबतक रहेगा समोसामे आलु, तबतक रहेगा बिहारमे लालु” भनेको भनाइबाट उनी कस्ता थिए भन्ने कुरा त्यहाँका जोकोही परिचित हुन सक्छन् । चारा घोटाला (९९ करोडको) काण्डले उनको छवि धमिल्याएको इतिहास प्रष्ट छ । गान्धीको अहिंसावादी सोचले अङ्ग्रेजहरूलाई खेदेर भारतलाई स्वतन्त्र राज्य बनायो । नेहरू पनि सकारात्मक सोचकै हुन् । इन्दिरा गान्धी भारतीय प्रधानमन्त्री हुनुमा गान्धी र नेहरूको सोचबाट प्रभाव परेको थियो । माओले चिनीयाँ विकासका योजनामा सफल चिनारी दिए । सनयात्सेनको नेतृत्वमा मञ्चुली वंशको पतन भएको र गणतन्त्रको स्थापना भएको थियो । अमेरिकाका अब्राहम लिङ्कनको सोचका कारण जातीय रङ्गभेदको अन्त्य भयो । स्वतन्त्रता, स्वाधीनताका सेनानी नेल्सन मण्डेलाको सोचले दक्षिण अफ्रिकामा निहित रङ्गभेदी सरकारको पतन गराई काला जातिको मुक्तिका साथै स्वतन्त्रता, समानता, स्वाधीनता र प्रजातन्त्रको अभ्युदय गरायो । अमेरिकन मार्टिन लुथर किङ पनि गोरा र कालामाथि भएको भेदभावसम्बन्धी जोडदार बहस गर्ने व्यक्ति मानिन्छन् । यस्ता प्रसंग अनेकन् छन् ।

मान्छेमा सोचको विचलन आउनुमा पराजय, निरन्तर असफलता, गरीबी, चरम आर्थिक अभाव, बिग्रदो असन्तुलित वातावरण, इच्छा चाहनाले मूर्त रूपमा लिन नसक्नु, शोषण, सानो कुरालाई पनि ठूलो बनाइने अवस्था, गैर जिम्मेवारीपन, अहङ्कार, घमण्ड, इष्र्या, जलन, फुर्सदिलो अवस्था, समय दुरुपयोग, कलह, अनपेक्षित परिणाम, मानसिक तनाव, उच्च नकारात्मक संवेग, बेमेल, अशान्ति, त्रास, द्वन्द्व, हत्या, हिंसा, चोरी, डकैती, लुटपाट, डर, आतंक, विभेद, भवितव्य घटना÷दुर्घटना आदिमा निरन्तर श्रृङ्खला दोहोरिनु प्रमुख हुन् । सोच नभएको मान्छे निस्क्रिय, निडर, उद्देश्यहीन, बेकम्मा, वास्तविक जीवन नबुझेको, अकर्मक, अनुदार, असहयोगी, इष्र्यालु, पराजित मानसिकताको, भाग्यवादमा बाँच्ने, परिवार–समाज र राष्ट्र वा पृथ्वीकै बोझ, वैचारिक रूपले अपाङ्ग वा सिथिल, मानिस जस्तो देखिए पनि आवरणको मात्र देखिन्छ । कुसोचकै कारणले त हो नेताहरुमा पनि संसद भवनमा कुर्ची तानातान, मुक्का हानाहान र भनाभन देखिदै आएको छ । तिनका दोषारोपण र सत्तेसराप सधैं रहिरहन्छन् । विश्वमा जहाँकहीँ बस्ने सही सोच नभएकाहरूले कसको जीवन कति सफल भयो ? मूल्याङ्कनको कसी पैसालाई मात्र बनाउँछन् । अरुको अवनतिमा खुसी हुने, बिगार्ने, बिग्रेकै देख्न चाहने, “मै खाऊँ मै लाऊँ, सुख सयल वा मोज म गरूँ, मै बाँचू मै नाचूँ अरू सब मरून् दुर्बलहरू” भन्ने भावना भएका हुन्छन् । अरूको आत्मा रुवाउने उनीहरूको कामै हो । नसोच्नेहरूको जीवन ‘बाटो हराएको बटुवाको यात्रा’ को जस्तो हुन्छ । सोच नराख्नेहरू इतिहासमा सुरक्षित त हुँदैनन् नै बरु जीवन नसकिदै मानव अस्तित्व राख्नबाट बञ्चित हुन्छन् । त्यस्तै सोच पारदर्शी नभएको राज्य÷सरकार वा देशमा स्वतन्त्रता बेचिए, अस्मिता गुमे, नदी बेचिए, घातक सन्धि सम्झौता गरिए । सीमा लुटिए, परजीवीपन बढ्यो । अरुले थिच्दामिच्दा पनि मौन बस्नुपर्ने बाध्यता भयो ।

सोच सार्थक पार्न सक्नेहरू सानो पूँजी लगानी गरी सफल बन्दै ठूलो उद्योग चलाउँछन् । जनसेवाको साथै रोजगारीसमेत दिलाउँछन् । सही सोच नहुनेहरूले ठूलै लगानी पनि डुबाउँछन् । सोच हुनेहरू जीवनको कार्यनीति धेरै हदसम्म सफल बनाउँछन् । उच्च सोच भएकाहरू हेर्दा साधारण भए पनि उच्च सफलता हात पार्दछन् । उनीहरूमा ‘सादा जीवन, उच्च विचार’ को मूल्यमान्यता रहन्छ । उनीहरू व्यक्ति आफू मात्र नबनी परिवार, समाज र राष्ट्रकै मुहार फेर्न सक्दछन् । उच्च सोचकाहरू विशेष अध्ययन मननबाट नेतृत्व सीप तथा अरूको देखेर सिकेर पनि चिन्तनमननको विकास गर्दछन् । असल सोच भएकाले नै मातापिता, बन्धुबान्धव, आफन्त, सँगीसाथीलाई आफ्ना सहयोगी ठान्छन् । मानिसको मनमस्तिष्कमा सहजै रुपमा सही सोच रहिरहन सक्दैन तर यसलाई मनमस्तिष्कबाट बाहिरिन नदिन सदैव चनाखो हुनपर्दछ । सोच बाल्यावस्थाबाट विकास भई जीवन रहुञ्जेलसम्म रहन्छ । सुनाइ, बोलाइ, पढाइ, देखाइ, भोगाइ, असल संगत, असल वातावरण, आर्थिक सन्तुलन, विभेदबिहीनता, असल संस्कार, सदाचारीपन आदि थुप्रै महत्त्वपूर्ण कुराबाट असल सोच विकास हुन्छ । पढेर मात्र नभई परेर पनि राम्रो सोच विकास हुन सक्छ । कसैको उत्प्रेरणा, उत्प्रेरक तत्त्वले विद्यमान सोच बदल्न सक्छ । मन स्थिर वा नियन्त्रणमा राख्न सकारात्मक सोच चाहिन्छ । जति छ त्यतिमा रमाउनु वा केही थप्नु आफ्नोपनमा बाँच्न, सदैव आशावादी बन्नु, लक्ष्य प्राप्तिमा डटिरहनु सकारात्मक चिन्तनका उपज हुन् । स्वस्थ, निरोगी, दीर्घायु, हृष्टपुष्ट तिनै हुन्छन्, जसले कुनबेला के गर्ने कसरी आफूलाई अद्यावधिक गर्ने भनी सोच्छन् । जिन्दगीको सञ्चालन स्तर कर्म वा सोचले जाँचिन्छ । साँचो बोल्ने, बोलेको गर्ने, गरेको लेख्ने आदि सोच्नेले गर्छन् । हाँस्दा हाँस्दै रुने, रुदारुदै हाँस्ने स्थिति होस् वा स्थिरता वा अस्थिरताका अवस्था आउने चिन्तनले हो । शान्ति ल्याउने सोच, क्रान्ति ल्याउने पनि सोच । साध्य, स्वतन्त्रता, सत्य, पुरुषार्थ, विश्वास, श्रद्धा, कल्पना, धर्मकर्म, राग–वितराग, विरात यसकै कारण हुन् । अनुभव र बुझाइ यसमै भरपर्छ । यसै कारणले हो, साँझ प¥यो घाम डुब्यो भन्ने सामान्य सन्दर्भलाई फरक दृष्टिले मनोवृत्तिले हेरिएका हुन् । यस उदाहरणलाई गोठालाहरूले– गाईवस्तु घर लैजाने बेला, घर गृहस्थी (गृहिणी) हरू– दूध दुहुने बेला वा खाना पकाउने बेला भएको, चोरहरूले चोर्ने बेला भएको, डाँकुहरू–डकैती गर्ने बेला, यौनपिपासुहरू– यौनक्रीडा गर्ने बेला, व्यपारीहरू–पसल बन्द गर्ने बला, मोजमस्तीकर्ताहरू–खाने पिउने, लट्टिने बेला आदि भएको ठान्छन् । यस्ता सन्दर्भ अनेक छन् ।

जीवनमा नयाँ आशा, भरोशा, सम्भावना, दुःखबाट उठ्न, शोक वा आँशुलाई शक्तिमा बदल्न सोच चाहिन्छ । जतिबेला पनि दुःख पर्न सक्छ बेलैमा नसोचे भन्ने जानेर त्यस्ता मान्छेहरू समय र कर्मको उचित तालमेल मिलाउँछन् । ज्ञानविज्ञानको यो युग यसैको शक्तिले आएको हो । सोचको शक्ति अमूल्य छ । यसका प्रभाव अनन्त छन् । जुनसुकै क्षेत्रमा पनि यो बिना ढलेको सिन्को ठाडो हुन्न । संसारका आविष्कार, पाइएका सुविधा, विश्व नै साघुरिएको स्थिति, अन्तरिक्षमा खेती गर्ने कुरा, चन्द्र लोक पुग्नु, सगरमाथा पटकपटक चढिनु सबै यसैका उपज हुन् । तसर्थ सोच बेगरको पोज, मोज र भोज काम लाग्दैन । स्वस्थ शरीरमा स्वस्थ सोच जन्मन्छ । स्वस्थ मस्तिष्कसहितको सोचले योजना, तर्क, उद्देश्य, रणनीति, आवश्यकता अघि सार्न सक्छन् । व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र अन्तर्राष्ट्र संघसंस्था कार्यालयहरू जेजति प्रगतिको स्थानमा छन् यसकै कारणले हो । वेद, पुराण, महाभारत, गीता, बाइबल, कुरान जस्ता धर्म दर्शन इतिहास आदि समेट्ने विषय सोचले लेखिएका हुन् । मानव सभ्यता र युग परिवर्तनसमेत गर्नसकेको यो विषय “युग र संसार हल्लाउने सर्वोच्च मानसिक शक्ति हो” भन्नुमा अत्युक्ति नहोला ।

सोचका विविध विषयमा चर्चा परिचर्चा अगाडि पनि भैसकेको छ । तापनि सारसुत्रात्मक रूपमा समेत यसको खाँचो (किन र केका लागि) को विषयमा चर्चा गरिएको छ । सोचले जीवनका उद्देश्य÷लक्ष्य पुरा गर्न सघाउँछ । सार्थक सोचले संसारमै हलचल ल्याउँछ । यो व्यक्ति, परिवार, समाज र राष्ट्र एवम् युग परिवर्तनका लागि आवश्यक विषय हो । व्यक्तिले स्वपहिचान÷छवि बनाउन, मानव मूल्यको व्यावहारिक प्रयोग गर्न, व्यक्तित्व विकास गर्न, समुज्ज्वल भविष्य निर्माण गर्न, समाजमा अस्तित्व सुरक्षित गर्न, असल र सफल कर्म गर्न सोच चाहिन्छ । उदाहरणीय, अनुकरणीय व्यक्ति बनेर चिनिन, इज्जत–सम्मान–पुरस्कार पाउने हुन, जिउनुको अर्थ खोज्न, सार्थक जीवनको परिकल्पना गर्न पनि योबिना सम्भव नै हुन्न । समयको सही सदुपयोग, क्षमता, नेतृत्व विकास, उद्यमी, कर्मयोगी, उत्प्रेरक व्यक्ति बन्न, बहुविधामा लागेर पनि सफल बन्न, ख्यातिलाई उच्च राख्न, आदर्श व्यक्तित्व निर्माणमा, आशा, भरोशायोग्य व्यक्ति बन्न, सेवा गर्न, अमरता, जीवन्तता प्राप्त गर्न, सर्वाङ्गीण विकासका लागि, जीवनयापन शैली बदल्न, गरिवी, अशिक्षा, अज्ञानता, रूढिवादिता, जघन्य अपराध, हिंसा, हत्या नियन्त्रणका लागि सोचको शक्तिले काम गर्दछ ।

बिकृति बिसङ्गति मेटन, सुशासन, स्थिरता, विधिको शासन कायम राख्न, लक्ष्य उद्देश्यलाई मूर्त रूप दिन, गुणस्तरीयता प्रदान गर्न, उत्तरोत्तर प्रगतिउन्नति प्राप्तिमा, जीवनको सारतत्त्व बुझ्न, कल्पना गर्ने खुबी विकास गर्न, सुखी, सरल र सहज जीवन बिताउन, कर्मशीलताको विकास गर्न, नवीन सिर्जना र आविष्कार गर्न, जीवनको रहस्य बुझ्न, जीवनको कर्म, समय, मूल्य मान्यताको सम्बन्ध बुझ्न, इच्छा चाहना, रुचि, आकाङ्क्षा, अभिरुचि, अभिलाषा पुरा गर्न, विश्वका ज्ञानविज्ञान र प्रविधिसँग परिचित हुन, विश्लेषणात्मक चिन्तन विकास गर्न, जिम्मेवारीबोध र कर्तव्यका पाठ राम्ररी सिक्न, दुरदृष्टि बढाउन, सकारात्मक मनोवृत्ति विकास गर्न, सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्न, रणनीतिक कार्य कुशलता विकासका लागि, त्याग र समर्पणयुक्त जीवनका लागि सफल र असल सोच चाहिन्छ । दुःख, आपत्ति विपत्तिबाट जोगिन वा समाधान खोज्न, सकभर समस्या खट्किन नदिन, बौद्धिक विकास गर्न, दुर्गुण हटाउन, सहयोग, सद्भावको विकास गर्न, सचेत, जागरुक, प्रेरक, उर्जाशील, परिवर्तनकामी, अग्रगामी, जुझारु व्यक्तित्व निर्माण गर्न, योजनाकार भई काम गर्न, अरूको विचारको कदर गर्न, सदैव सहयोगी बन्न, साहित्य, कला र संस्कृति संरक्षण गर्न मानवीय जीवनमा यही चाहिन्छ । सत्यतथ्य प्रस्तुति गर्न, सोचेर बोल्न, कला देखाउन, जीवनलाई चुस्तदुरुस्त बनाउन, परिपक्वता हासिल गर्न, तालिम, अन्तक्र्रिया वा प्रशिक्षणमा सहभागी हुनु निष्पक्ष, प्रजातान्त्रिक वातावरण सिर्जना गर्न, उत्सुकता पैदा गर्न, रहस्यात्मक कुरा÷ विषय बुझन, सदाचारी जीवननिर्माण गर्न, प्रसन्न मुद्रामा रहन, स्वस्थ आदत निर्माणका लागि, नेतृत्वदायी भूमिका खेल्नका लागि असल सोचबाट मात्र सम्भव छ ।

आफूसँग सम्बन्धित सबै पक्षसँग यथोचित रूपमा आत्मीयता एवम् सहयोगी सम्बन्ध कायम राख्न, सम्मानित र विश्वासयोग्य हुन, प्रतिकूल वा जटिल परिस्थितिको सामना गर्न, हँसिलो वा मृदुभाषी बन्न, रचनात्मक दिमाग निर्माण गर्न, पलपलको समय चिन्न, अरूको विस्वाशी बन्न, आदर्श सोच काम लाग्छ । नरमपन, परोपकारी, उत्साही, जिज्ञासु, मौलिकताप्रति सचेत हुन, स्रष्टा र द्रष्टा बन्न, समुदाय÷समाजको अर्थ राख्ने व्यक्ति बन्न, विकासका काममा जुट्न र स्थानीय स्रोतसाधनहरूको उपयुक्त प्रयोग गर्न सकारात्मक चिन्तनले सघाउँछ । नकारात्मक संवेगहरूको नियन्त्रण गर्न, तत्परता, जागरणको निरन्तरता ल्याउन, अरूका कार्य, अनुभव, अनुभूति र प्रतिक्रियाका बारे सकारात्मक बन्न, सदैव आशावादी भएर बाँच्न, शोकलाई शक्तिमा बदल्न, जीवनमा नआत्तिन नमात्तिन पनि अनुकरणीय बन्न सकारात्मक चिन्तनले काम गर्दछ । अरूलाई कर्मको पाठ पढाउन सक्ने, आफू पनि सदैव कर्मका माध्यमबाट बाचुञ्जेल अथक प्रयत्नमा जुटिरहने, देश समाजप्रति माया, सद्भाव बाड्ने, असफलता र चोटबाट तुरुन्तै हरेश नखाने बन्न परिपक्व सोच आवश्यक छ । संसार सिर्जनाको लागि हो भन्ने विश्वाश राख्ने, आफ्नो सामथ्र्यले भेटेको कार्य क्षमता प्रयोग गर्न र सघाउन, विनासमा भन्दा विकास प्रगतिमा विश्वाश गर्न, आडम्बर रूढीवाद, पाखण्डपन, छुल्याइँ, धुत्र्याइ, फट्याइँका कुरालाई न्यूनीकरण गर्न शक्तिवान सोचको खाँचो रहन्छ ।

हरेक क्षेत्रमा अप्रत्यक्ष रूपमा डेरा जमाएको हुन्छ सोचले । यसको नतिजा प्रत्यक्ष देख्न, भोग्न, अनुभव गर्न, सुन्न पाइन्छ । व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्र योबिना एकपल पनि चलेका छैनन् । संसारले यसलाई पछ्याएको छ । राम्ररी उपयोग गरेर (साथ लिएर) वा दुरुपयोग गरेर । उपयोग लिदाका नतिजा परिणाम असाध्यै गणनीय, अतुलनीय, उपलब्धिमूलक, फाइदाजनक, सेवामूलक आदि छन् । तसर्थ सोच हरेक व्यक्तिले आफ्नो तह, पद, औकातअनुसार प्रयोग गरेर सकारात्मक परिवर्तनका अनुभूति दिलाउनु अत्युत्तम हुन्छ । सही सोचले अमृतको काम गर्छ हरेक क्षेत्रका कार्यहरूमा । खराब सोच विषसमान हुन्छ, यसले हरेक मानव जीवनलाई घात गर्दछ ।

लेखक : राम ज्ञवाली

रिब्दिकोट गा.पा –४, नारायणथोक, पाल्पा 

प्रतिक्रिया

ताजा समाचार

सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो

६ मंगशिर २०८३, आइतबार

झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी'

६ मंगशिर २०८३, आइतबार

सोच

६ मंगशिर २०८३, आइतबार

रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा

६ मंगशिर २०८३, आइतबार

साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा

५ मंगशिर २०८३, शनिबार

सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो

४ मंगशिर २०८३, शुक्रबार

सम्बन्धित समाचार