मुख्य समाचार
पाल्पामा ढुङ्गा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ | सुनको मूल्य आज पनि बढ्यो, तोलाको २ लाख ४७ हजार ९ सय | सर्पको टोकाइबाट बर्दियामा ६४ वर्षीय चौधरीको मृत्यु | सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो | भारतबाट अवैध रूपमा ल्याइएका २८५ चार्जर र नौ हेडफोन बरामद | सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा झर्‍यो | झ्याङ्लामा न्वागीको रौनक: हजारौँको भिडमा सांसद डा. थापाले दिए बन्चरे घाट पुल बनाउने 'ग्यारेन्टी' | सोच | रुरु क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन मेरो निरन्तर पहल रहनेछ: सांसद थापा | साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा |

पाल्पामा ढुङ्गा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ

Rastriyanews

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–सिसुवाका ४५ वर्षीय नन्दलाल बजगाईंको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–मस्यामका ३५ वर्षीय नारायण लम्तरी रहेका छन्। उनलाई रैनादेवी छहराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सामान्य विवादपछि लम्तरीले बजगाईंमाथि ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट बजगाईंको मृत्यु भएको थियो।

मंसिर ७ गते दिउँसो हत्या गरी फरार भएका लम्तरीलाई सोही दिन साँझ रैनादेवी छहराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

पक्राउ परेका लम्तरीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार