मुख्य समाचार
आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते | सम्भावनाको पाल्पा : नेतृत्वले चाह्यो भने समृद्धिको नमुना बन्न सक्छ | नेपाली बजारमा सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँमा झर्‍यो | गुडिरहेको ईभीबाट खसेर रोल्पामा ३० वर्षीय यात्रु घाइते | ट्याङ्करबाट इन्धन चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ | गरुडपुराणले अथ्र्याएको जीवनचक्र | तिलोत्तमाबाट ६ लाख १० हजारका मोबाइल सामग्रीसहित बोलेरो बरामद |
मुख्य समाचार
आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते | सम्भावनाको पाल्पा : नेतृत्वले चाह्यो भने समृद्धिको नमुना बन्न सक्छ | नेपाली बजारमा सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँमा झर्‍यो | गुडिरहेको ईभीबाट खसेर रोल्पामा ३० वर्षीय यात्रु घाइते | ट्याङ्करबाट इन्धन चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ | गरुडपुराणले अथ्र्याएको जीवनचक्र | तिलोत्तमाबाट ६ लाख १० हजारका मोबाइल सामग्रीसहित बोलेरो बरामद |

अन्य लेख २ मंगशिर २०८३, बुधवार

गरुडपुराणले अथ्र्याएको जीवनचक्र

Rastriyanews

विषय प्रवेश

हाम्रा धर्मग्रन्थहरूमा संसारका जीवहरूको उत्पत्तिलाई उद्भिज्ज (वृक्ष, लता, गुल्म आदि), स्वेदज (परम्परागत मान्यताअनुसार पसिनाबाट उत्पन्न हुने जुम्रा, उडुस आदि), अण्डज (अण्डाबाट जन्मने पक्षी आदि) र जरायुज (गर्भाशयमा विकसित भएर जन्मने जीवहरू) गरी चार प्रकारमा वर्णन गरिएको छ। पुराणीय मान्यताअनुसार यी जीवहरूको सृष्टि ब्रह्माजीले गर्नुभएको हो ।

यस क्रममा जीव स्त्री र पुरुषको सम्बन्धबाट गर्भमा प्रवेश गर्छ। गर्भावस्थाका कष्ट भोग्दै जन्म लिन्छ र जीवनदेखि मृत्युसम्मका विभिन्न दुःखसुख अनुभव गर्छ। अन्ततः मृत्यु वरण गर्छ। यसरी जन्म र मृत्युको चक्र निरन्तर चलिरहन्छ। त्यसैले जीवको जन्म–मरण भइरहन्छ। मानव जीवन अमूल्य छ र सहजै प्राप्त हुने जीवनका रूपमा वर्णन गरिएको छैन। पुराणीय मान्यताअनुसार चौरासी लाख योनिको चक्र पार गरेपछि जीवले अमूल्य मानव शरीर प्राप्त गर्छ।

मानव शरीर प्राप्त हुन स्त्री र पुरुषबीचको सहवासबाट गर्भाधान हुनुपर्छ। परम्परागत शास्त्रीय व्याख्यामा पुरुषको शुक्र र स्त्रीको रजको संयोगबाट गर्भको स्थापना हुने बताइएको छ। गर्भ सधैँ रहिरहने अवस्था होइन; यसको पनि निश्चित अवधि हुन्छ। यस सम्बन्धमा स्त्रीमा ऋतुकाल आउने र त्यसपछि पति–पत्नीबीच सहवास हुने विषय पुराणमा उल्लेख गरिएको छ।

पुराणमा ऋतुकालका प्रारम्भिक तीन दिन स्त्रीसँग सहवास गर्न नहुने मान्यता प्रस्तुत गरिएको छ। यस मान्यताको पौराणिक आधारका रूपमा त्वष्टा र उनका छोरा विश्वरूपको कथा वर्णन गरिएको छ।

पौराणिक कथाअनुसार त्वष्टाले असुरकुलकी कन्यासँग विवाह गरेका थिए। उनीहरूबाट विश्वरूप नामका पुत्र जन्मिए। विश्वरूपका तीनवटा शिर र तीनवटा मुख थिए। उनले एउटा मुखबाट सोमलताबाट तयार पारिएको सोमरस, अर्को मुखबाट सुरा र तेस्रो मुखबाट अन्न ग्रहण गर्थे। उनी देवताहरूको पूजा गर्ने र आहुति दिने काम पनि गर्थे। तर, आहुति दिँदा देवताहरूलाई अर्पण गरिने भागमध्ये केही अंश गोप्य रूपमा असुरहरूलाई पनि दिने गर्थे।

यो कुरा देवराज इन्द्रले थाहा पाए। असुरहरूको शक्ति बढ्ने आशङ्काले इन्द्र क्रुद्ध भए र उनले विश्वरूपका तीनवटै शिर काटिदिए । यसरी विश्वरूपको मृत्यु भयो र इन्द्रलाई ब्रह्महत्याको दोष लाग्यो । पौराणिक कथाअनुसार इन्द्रले उक्त दोषलाई चार भागमा विभाजन गरी पृथ्वी, स्त्री, वृक्ष र जललाई दिए । स्त्रीले त्यसको एक भाग स्वीकार गरी ऋतुकालमा मात्र पतिसँग सहवास गर्नुपर्ने अवस्थाबाट सहवासको अवसर विस्तार भएको वरदान प्राप्त गरेको भन्ने कथा वर्णन गरिएको छ।

यसै पौराणिक कथासँग रजस्वलासम्बन्धी मान्यतालाई जोडिएको पाइन्छ। ऋतुकाल प्रत्येक महिना दोहोरिने प्राकृतिक प्रक्रिया हो। प्रस्तुत लेखमा उद्धृत पुराणीय मान्यताअनुसार रजस्वलाका प्रारम्भिक तीन दिन स्त्रीसँग सहवास नगर्ने तथा धार्मिक अनुष्ठानसम्बन्धी केही नियम पालना गर्ने कुरा उल्लेख गरिएको छ । 

गरुडपुराणमा स्त्रीको रजस्वला अवस्थासम्बन्धी केही नियम तथा मान्यताहरू उल्लेख गरिएका छन्। पुराणमा वर्णित मान्यता अनुसार रजस्वलाको पहिलो दिन स्त्रीलाई चाण्डालीसरह, दोस्रो दिन ब्रह्मघातिनीसरह र तेस्रो दिन धोबिनीसहर मानिएको छ। चौथो दिन स्त्री शुद्ध हुने र देवकार्य तथा पितृकार्यका लागि भने सात दिनसम्म प्रतीक्षा गर्नुपर्ने धारणा पनि कतिपय पुराणोक्त विवरणमा पाइन्छ।

पुराणले नरकबाट आएका जीवहरूको जन्म यस्तै तीन प्रकारका माताबाट हुने धारणा प्रस्तुत गरेको छ । त्यस्तै, ऋतुकालको मध्यतिर गर्भाधान हुँदा पापात्माको जन्म हुने र चौथो दिनदेखि सहवास गर्दा रज र वीर्यको मिलनबाट मातापिताको कल्पनाअनुसारको स्वभाव भएको सन्तान जन्मने मान्यता पनि प्रस्तुत गरिएको छ 

यी विवरणहरूलाई तत्कालीन धार्मिक तथा सांस्कृतिक विश्वासका रूपमा बुझ्नुपर्छ ।महिनावारी महिलाको स्वाभाविक जैविक प्रक्रिया हो। महीनावारी भए पछि नै गर्भ धारणाको क्रम जारी हुन्छ । गरुडपुराणमा गर्भाधानको प्रसङ्गमा स्त्रीको गर्भाशयलाई औषधि राख्ने पात्रसरह र पुरुषको वीर्यलाई अमृततुल्य बनाउनु पर्ने व्याख्या गरिएको छ। यसबाट गर्भाधानलाई महत्त्वपूर्ण र जिम्मेवारीपूर्ण कार्यका रूपमा लिइएको बुझिन्छ । यो कसरी निर्माण गर्न सकिन्छ भन्ने कुरामा पुराणोक्त मान्यता अनुसार ऋतुकालमा स्त्रीले तीतो, टर्रो, पिरो, क्षारयुक्त, तीक्ष्ण तथा अत्यधिक तातो भोजन सेवन गर्नु हुँदैन भनिएको छ, ताकि गर्भाशयमा प्रतिकूल असर नपरोस्। यस समयमा साधारण र सन्तुलित भोजन ग्रहण गर्नुपर्ने धारणा प्रस्तुत गरिएको छ । स्त्रीले मात्र नभएर त्यस्तै, पुरुषले पनि ताम्बूल सेवन गर्ने, फूलको माला लगाउने, चन्दनको सुगन्ध धारण गर्ने र सुन्दर वस्त्र लगाउने उल्लेख छ। शुद्ध मन, स्वच्छ भावना र सकारात्मक कल्पना लिएर सहवास गर्नुपर्ने कुरामा विशेष जोड दिइएको छ ।किनकी

पुराणको मान्यताअनुसार वीर्यस्खलनको समयमा पुरुषको मनमा जस्तो कल्पना र भावना हुन्छ, सन्तानमा पनि त्यस्तै स्वभाव प्रकट हुन सक्छ । रज र वीर्यको संयोगबाट गर्भको अस्तित्व प्रारम्भ हुने र त्यसको क्रमिक विकास चन्द्रमाको कलावृद्धिसरह हुँदै जाने उपमा दिइएको छ।

यहाँ प्रस्तुत विचारलाई पुराणको धार्मिक तथा दार्शनिक दृष्टिकोणका रूपमा बुझ्नुपर्छ। आधुनिक विज्ञानअनुसार सन्तानको लिङ्ग मुख्यतः शुक्रकीटले बोक्ने लैङ्गिक गुणसूत्रबाट निर्धारित हुन्छ। आमाबुबाको कल्पना, सहवासको दिन वा भोजनको स्वादका आधारमा सन्तानको लिङ्ग वा स्वभाव निश्चित हुन्छ भन्ने वैज्ञानिक प्रमाण छैन।

गर्भाधानको समय र तिथिसम्बन्धी मान्यताको बारेमा पनि गरुडपुराणमा केही नियम उल्लेख गरिएको पाइन्छ। पुराणोक्त मान्यताअनुसार युग्म तिथिमा सहवास गर्दा छोरा र अयुग्म तिथिमा सहवास गर्दा छोरी जन्मन्छे भनिएको छ । त्यसैले छोरा चाहनेले युग्म तिथि र छोरी चाहनेले अयुग्म तिथि रोज्नुपर्ने धारणा प्रस्तुत गरिएको छ । स्त्रीको ऋतुकाल सोह्र दिनको हुने मान्यता राख्दै पहिलो साताभन्दा दोस्रो सातामा सहवास गर्नु उपयुक्त हुने विचार पनि उल्लेख गरिएको छ। त्यसमध्ये चौधौँ रातमा गर्भ रहेमा गुणवान्, धनवान् महिलामा फर तथा धर्मनिष्ठ सन्तान जन्मने विश्वास व्यक्त गरिएको छ । यद्यपि, गर्भधारणको सम्भावना प्रत्येक क हुन सक्छ । यी तिथि र समयसम्बन्धी मान्यताहरू परम्परागत धार्मिक विश्वासका अङ्ग हुन् । आधुनिक चिकित्साशास्त्रअनुसार गर्भधारणको सम्भावना मुख्यतः डिम्बोत्सर्जनको समय, शुक्रकीटको उपलब्धता तथा दुवै जनाको प्रजनन स्वास्थ्यमा निर्भर हुन्छ। तिथिका आधारमा सन्तानको लिङ्ग वा गुण निर्धारण हुने वैज्ञानिक आधार छैन । गर्भको क्रमिक विकास

गरुडपुराणमा गर्भको विकासलाई विभिन्न चरणमा विभाजन गरी वर्णन गरिएको छ। पुराणोक्त विवरणअनुसार रज र वीर्यको संयोग भएको रातमा गर्भ कललरूपमा परिणत हुन्छ। पाँचौँ रातमा बुद्बुदाकार रूप धारण गर्छ दशौं दिनमा बयरको दाना रूप लिन्छ ।र चौधौँ दिनमा मांसपिण्डको स्वरूप लिन थाल्छ। विसौं दिनमा पिण्डरूप लिन्छ।  पच्चीसौँ दिनमा शक्ति र पुष्टताको सञ्चार हुने तथा एक महिनामा पञ्चतत्त्वयुक्त हुने उल्लेख छ । दोस्रो महिनामा त्वचा र मेदा बन्न जान्छ । तेस्रो महिनामा मज्जा तथा अस्थिको निर्माण हुने, चौथो महिनासम्म धेरै अंग बनिसक्छन् ,पाँचौँ महिनामा भोकको अनुभूति हुने, महिनामा कान, नाक र वक्षस्थलको निर्माण हुने वर्णन पाइन्छ। छैटौँ महिनामा कण्ठ, रन्ध्र र उदरको विकास, सातौँ महिनामा गुह्याङ्गलगायतका अङ्गको निर्माण तथा आठौँ महिनामा सम्पूर्ण अङ्गले पूर्णता प्राप्त गर्ने उल्लेख छ । नवौँ महिनामा गर्भस्थ शिशुको ओज परिपक्व हुने र ऊ आमाको गर्भमा चलमल गर्न थाल्ने वर्णन पनि पाइन्छ । यससम्बन्धमा गरुडपुराण (सारोद्धार) मा निम्न श्लोकहरू उद्धृत गरिएका छन् –

मासेन तु शिरो द्वाभ्यां बाह्वङ्गाद्यङ्गविग्रहः।

नखलोमास्थिचर्माणि लिङ्गच्छिद्रोद्भवस्त्रिभिः।। ७।।

चतुर्भिर्धातवः सप्त पञ्चभिः क्षुत्तृडुद्भवः।

षड्भिर्जरायुणा वीतः कुक्षौ भ्रमति दक्षिणे।। ८।।


मातुर्जग्धान्नपानाद्यैरेधद्धातुरसम्मते।

शेते विण्मूत्रयोर्गर्ते स जन्तुर्जन्तुसम्भवे।। ९।।

स्रोतः गरुडपुराण (सारोद्धार), सानुवाद, गीताप्रेस, गोरखपुर, सं. २०६५, पृष्ठ ७४।


यी श्लोकहरूको भावार्थअनुसार पहिलो महिनामा शिरको विकास हुन्छ। दोस्रो महिनामा बाहु तथा शरीरका अन्य अङ्गको आकार विकसित हुन्छ। तेस्रो महिनामा नङ, रौँ, अस्थि, छाला तथा अन्य अङ्गको विकास हुने उल्लेख छ। चौथो महिनामा सात धातु—रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र—को विकास हुने वर्णन गरिएको छ। पाँचौँ महिनामा भोक र तिर्खाको अनुभूति उत्पन्न हुन्छ। छैटौँ महिनामा गर्भ जरायुले घेरिएको अवस्थामा आमाको कोखमा चलायमान हुन्छ। आमाले ग्रहण गरेको आहारबाट गर्भस्थ शिशुको शरीरले पोषण प्राप्त गर्ने र गर्भाशयभित्रको अवस्थालाई पुराणले दुःखपूर्ण रूपमा चित्रण गरेको छ ।

गरुडपुराण (सारोद्धार) र संक्षिप्त गरुडपुराणमा गर्भविकासका चरण तथा समयसम्बन्धी विवरणमा केही भिन्नता देखिन्छ। यसलाई दुवै ग्रन्थको वर्णनशैली र परम्परागत व्याख्याको भिन्नताका रूपमा लिन सकिन्छ। 

 गर्भस्थ शिशुको दुःख र ईश्वरप्रार्थना

गरुडपुराण (सारोद्धार) मा गर्भस्थ शिशुको अवस्थालाई अत्यन्त कष्टपूर्ण रूपमा वर्णन गरिएको छ। गर्भाशयभित्रको वातावरण, शरीरको सीमित गति तथा असहज अवस्थालाई आधार बनाएर गर्भस्थ जीवले दुःख भोग्ने चित्र प्रस्तुत गरिएको छ । पुराणको वर्णनअनुसार आमाले ग्रहण गरेको भोजनको प्रभाव गर्भस्थ शिशुमा पर्छ। कुनै भोजनले असहजता उत्पन्न गर्छ भने कुनैले पोषण प्रदान गर्छ। गर्भमा शिशुको ढाड र गर्दन कुण्डलाकार अवस्थामा रहन्छन्। उसले आफ्नो शरीरको स्वतन्त्र रूपमा संरक्षण गर्न सक्दैन। यस अवस्थामा गर्भस्थ जीवले पूर्वजन्मका कर्महरू सम्झने, शुभ–अशुभ कर्मको परिणामबारे विचार गर्ने र भगवान् विष्णुको स्मरण गर्ने वर्णन पुराणमा पाइन्छ। कष्टले व्याकुल भएको जीवले भगवान्सँग मुक्तिको याचना गर्दै भन्छ—

‘‘हे लक्ष्मीपति! हे जगत्का आधार! तपाईं नै सम्पूर्ण संसारका पालनकर्ता हुनुहुन्छ। अशुभ कर्मको नाश गर्ने र शुभ कर्म गर्नेहरूलाई शरण दिने प्रभु, आज म आफ्ना कर्मको फल एक्लै भोगिरहेको छु। पूर्वजन्ममा गरेका कर्मका फल भोग्ने समयमा मेरा आफन्त र सहयोगीहरू अलग भएका छन्। त्यसैले मलाई यस गर्भबाट बाहिर निस्कने अवसर प्रदान गर्नुहोस् ।यदि गर्भबाट बाहिर निस्कन पाएँ भने म आफ्ना कर्महरू मुक्ति प्राप्तिका लागि समर्पित गर्नेछु। संसारको जन्म–मरणरूपी चक्रबाट मुक्त हुन चाहन्छु। सम्भव भए यही अवस्थामा मलाई मुक्ति प्रदान गर्नुहोस्, किनकि जन्म लिएपछि फेरि सांसारिक मोह र पापकर्ममा फस्ने सम्भावना रहन्छ ।”

यसरी गर्भस्थ जीवले भगवान्सँग प्रार्थना गर्ने पुराणोक्त वर्णन पाइन्छ । प्रसूतिकाल नजिकिँदै जाँदा प्रसूति–वायु सक्रिय हुन्छ र प्रसवव्यथा प्रारम्भ हुन्छ। शिशु शिर तल पारेर जन्ममार्गबाट बाहिर निस्कने प्रयास गर्छ । प्रसवको कठिन अवस्था पार गर्दै ऊ बाहिरी संसारमा प्रवेश गर्छ।

जन्मपछि शिशुले पहिलोपटक श्वास लिने र रुन थाल्ने घटनालाई पुराणले गर्भावस्थाका कष्टबाट बाहिर निस्किएको अवस्थासँग जोडेर व्याख्या गरेको छ। गर्भमा रहँदा गरेका प्रार्थना तथा पूर्वजन्मका स्मरणहरू जन्मपछि विस्मृत हुने र संसारलाई ढाकेको वैष्णवी मायाका कारण जीव पुनः मोहमा पर्ने धार्मिक धारणा प्रस्तुत गरिएको छ।

जन्मपछि जीवले भोग्ने बाल्यावस्था गरुडपुराणले मानिेको छ । गर्भबाट बाहिर आएपछि जीव सांसारिक मायाको प्रभावमा पर्छ र पहिलेका स्मरणहरू बिर्सन्छ भन्ने पुराणोक्त मान्यता छ ।

शिशु आफ्नो इसको जीवनलाई जन्मदेखि मृत्युसम्म दुःख, मोह, आसक्ति र कर्मको शृङ्खलाका रूपमा चित्रण गरच्छा व्यक्त गर्न र आवश्यकता पूरा गर्न असमर्थ हुन्छ । उसलाई लालनपालन गर्ने व्यक्तिले उसको आवश्यकता समयमै बुझ्न नसक्दा असहजता उत्पन्न हुन्छ । शरीर चिलाउँदा कनाउन सक्दैन, उठ्न खोज्दा उठ्न सक्दैन, भोक वा तिर्खा लाग्दा त्यसलाई स्पष्ट रूपमा माग्न सक्दैन । अवस्थामा जुम्रा, उडुस तथा अन्य कीराको टोकाइबाट पनि शिशुले कष्ट भोग्नु पर्छ  शारीरिक तथा मानसिक रूपमा पूर्ण विकसित नभइसकेको अवस्थामा उसले अरूको सहयोगमा जीवन बिताउनुपर्छ । यसरी पुराणले बालककालको असहजता र यसको लागि बाबु आमाले पालनपोषण, सरसफाइ, पोषण, सुरक्षा र ममतापूर्ण व्यवहार आवश्यक पर्ने कुरालाई औंल्र्याएको छ । 

बालक अवस्था पार गरेपछि अर्थात  ५देखि दश वर्षको अवस्थालाई बालकको पौगण्डावस्था भनिन्छ । यस अवस्थामा पनि बालक पूर्ण स्वतन्त्र हुँदैन । घरमा ऊ बाबु आमाको अधिनमा रहन्छ र पाठशालामा शिक्षकको नियन्त्रणमा रहन्छ । उसले चाहेका सबै कुरा प्राप्त गर्न सक्दैन । 

पौगण्डावस्था पार गरेपछि ऊ युवावस्थामा प्रवेश गर्छ गरुण पुराणले यस अवस्थालाइ काम, क्रोध, ईष्र्या, मोह तथा इन्द्रियासक्तिको प्रभावमा पर्दछ । यी प्रभावयुक्त चिज लाई बसमा राख्न सकेन भने दुःख र अशान्ति व्यहोर्न पर्ने हुन्छ । यो अवस्था भनेको  दम्भ, घमण्ड, अभिमान, क्रोध, कठोरता र अज्ञानजस्ता प्रवृत्ति विकसित हुने समय हो ।  यस समयमा  मानिसले आफूलाई नियन्त्रण गर्ने अवस्थामा रहेन भने मानिस गलत बाटोमा लाग्न सक्छ व्यक्तिगत जीवन, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारमा नकारात्मक असर पर्न सक्छ।। यस अवस्थालाई श्रीमद्भगवद्गीताको सोह्रौँ अध्यायमा आसुरी सम्पत्तिको प्रसङ्ग प्रस्तुत गरिएको छ।

दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च।

अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम्।। १६.४।।

भावार्थः हे पार्थ! दम्भ, घमण्ड, अभिमान, क्रोध, कठोरता र अज्ञान—यी आसुरी सम्पत्ति लिएर जन्मिएका व्यक्तिका लक्षण हुन् ।

गरुडपुराणले आसुरी प्रवृत्तिको विकास भएपछि मानिस दुव्र्यसनमा लाग्न सक्ने, दुष्ट सङ्गतमा फस्ने, कामासक्त हुने र शास्त्र तथा सत्पुरुषप्रति द्वेष राख्ने सम्भावनालाई चित्रण गरेको छ । यसरी नै मानिसमा इन्द्रिय निकै बलवान हुन्छन् । यिनको कारणले गर्दा रूप, रस, गन्ध, स्पर्श र शब्दप्रति मानिसको आकर्षण बढेर जान्छ । मानिसले इन्द्रियलाई नियन्त्रण गर्न सक्नु पर्छ । नसक्दा अत्यधिक आसक्ति बढेर जान सक्छल । पुराणले यसलाई महामोहका रूपमा व्याख्या गर्दै बत्तीमा आकर्षित भएर पुतली जलेझैँ मानिस पनि आफ्नै आसक्तिका कारण दुःखमा फस्न सक्ने बताएको छ । यस सन्दर्भमा पाँच जीवका उदाहरण यसरी दिइएका छन् —मृग शब्दमा, हात्ती स्पर्शमा, पतङ्ग प्रकाशमा, भ्रमर गन्धमा र माछा रसमा आसक्त भएर विनाशतर्फ जान सक्छन् भन्ने धारणा पुराणमा आएको छ । 

यदि कुनै मानिस पाँचै इन्द्रियका विषयमा अत्यधिक आसक्त हुन्छ भने उसको पतनको सम्भावना झन् बढ्छ भन्ने पुराणको तर्क छ। आफूले चाहेको वस्तु प्राप्त नभएमा अज्ञानका कारण क्रोध उत्पन्न हुन्छ। क्रोधले विवेकलाई कमजोर बनाउँछ र मानिस आपसी झगडा तथा हिंसामा समेत संलग्न हुन सक्छ।

यसरी प्रष्ट हुन्छ कि कामना, आसक्ति, क्रोध र अविवेकको शृङ्खलाले मानिसलाई दुःखतर्फ लैजान्छ ।  

गरुडपुराणले अनेकौँ योनिमा जन्म–मरणको चक्र पार गरेपछि मात्र मानव योनि प्राप्त हुन्छ । मानव जीवन प्राप्त गर्नुभनेको दुर्लभ हो । यस्तो दुर्लभ मानव शरीर प्राप्त गरेपछि त्यसलाई सदाचार, धर्म, ज्ञान र सत्कर्मका माध्यमबाट सार्थक बनाउनुपर्छ र मोक्षप्राप्तितिर लाग्नु पर्छ । मानिसले धार्मिक संस्कार तथा द्विजत्व प्राप्त गरेपछि पनि धर्मकर्म र आत्मसंयमको बाटो नअपनाई इन्द्रियतृप्तिमा मात्र लागिरह्यो भने अमृततुल्य जीवनलाई आफ्नै प्रमादका कारण नष्ट गर्न सक्छ भन्ने पुराणको धारणा छ ।

मानिस बालक पौगण्डा युवा मात्र नभै क्रमिक रूपमा वृद्धावस्थामा पुग्छ । यस अवस्थामा पनि मानव जीवन झनै कष्टकर हुन जान्छ । शरीर कमजोर हुनु,  विभिन्न रोगव्याधिले सताउँछ । ऊ आफैमा निर्भर रहन सक्दैन । उसलाई अरूको साहरा चाहिन्छ । यस्तो अवस्थामा मानिस शारीरिक पीडा, मानसिक व्याकुलता र मृत्युको भयबाट प्रभावित हुन्छ । मानिसले जीवनभर कर्म गर्छ र ती कर्मको फल भोग्छ भन्ने धार्मिक मान्यताका आधारमा पुनर्जन्म तथा संसारचक्रको व्याख्या गरिएको छ। 

सन्दर्भ सामग्री

१. संक्षिप्त गरुडपुराण (सचित्र, मोटा टाइप, हिन्दी), गीताप्रेस, गोरखपुर, सं. २०६७, चौधौँ पुनर्मुद्रण।

२. गरुडपुराण (सारोद्धार), सानुवाद, गीताप्रेस, गोरखपुर, सं. २०६५, बाह्रौँ पुनर्मुद्रण।

लेखक : सदानन्द अभागी

कावासोती नगरपालिका–७, शान्तिचोक, बर्दघाट सुस्ता पूर्व,


प्रतिक्रिया

सम्बन्धित समाचार