बासुदेव ढकाल माघ १२,रामपुर- पाल्पा रामपुर नगरपालिका वडा नं ७ वडा कार्यालयले कृषकहरुलाइ ५० प्रतिशत अनुदानमा मिनिटिलर हाते ट्याक्टर वितरण गरको छ। गाउँघरमा गोरु पाल्न छोडेपछि कृषकहरुलाइ खेतबारी खनजोत गर्नै समस्या भएपछि कृषककाे मागमा आधारित मिनिटिलर वितरण गरेकाे वडा सदस्य मिन बहादुर सिंजालीले जानकारी गराउनु भयो ।
वडा न ७ का वडा अध्यक्ष दोवराज तिवारीले माथिल्लो भेगका कृषकका समस्यालाइ सम्वाेधन गरेको भन्दै आगामी दिनमा पनि यस्ता थप अनुदानका कार्यक्रममा निरन्तरता दिने बताउदै सिमित स्रोत र साधनका कारण सबैलाइ सहयोग गर्न नसकेको भन्दै आगामी योजनामा पनि यस्ता कार्यक्रम लाई बढाउनेछाै उहाँले बताउनुभयो। वार्ड्बाट २लाख १० हजार विनियोजन गरि कृषकलाइ कृषि औजार दिने भन्ने निर्णय भए अनुसार कृषककाे २लाख १० हजार अनुदान लागत सहभागिता गरि जम्मा ४ लाख २० हजारमा ७ वटा मिनि टिलर कृषकलाइ ५० प्रतिशत अनुदानमा वितरण गरकेो अध्यक्ष तिवारीले बताउनुभयो । ६० हजार रुपैया पर्नै औजार ३० हजार कृषक र ३० हजार अनुदान गरि ६० हजार मूल्य बराबरको मिनिटिलर कृषकहरु शेर बहादुर पुलामी, मोहोन बाहादुर ठाडा, दल बहादुर सिंजाली, तिल बहादुर श्रेष्ठ ,गाम बहादुर आले, महेन्द्र दिसुवा र भुम बहादुर श्रेष्ठलाइ कृषि औजार वितरण गरेको हो ।
वडा सदस्य तथा न्यायीक समिति सदस्य खेमराज अधिकारीले कृषि औजारको भरपुर प्रयोग गरि कृषि उत्पादन तर्फ वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषक तिल बहादुर श्रेष्ठले हामी कृषकहरुको मागलाइ मध्येनजर गर्दै मिनिटिलर ५० प्रतिशत अनुदानमा उपलव्ध गराउनु भएकोमा वडा कार्यलय प्रति धन्यबाद व्यक्त गर्नुभएको थियो। अध्यक्ष दोवराज तिवारीको अध्यक्षता,कार्यपालिका सदस्य दुर्गा देवि भण्डारी गौतमको स्वागत मन्तव्य र सचिव गिता पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।






