काठमाडौं, मंसिर ९ गते । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।>
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ।>>