पाल्पा - सौभाग्य माध्यमिक बिध्यालय माथागढी १ चिदीपानी पाल्पामा आफुले आध्यापन गराउने विभिन्न बिषयमा १००% बिध्यार्थी उत्तिर्ण गराउने १० शिक्षकहरूका साथै १००% हाजिरी हुने १ शिक्षकलाइ ७३ औ वार्षिकोसबको अवसरमा सम्मान गरिएको छ।सम्मानित हुने शिक्षकहरुमा अनुप शर्मा (एसइइ - लेखा र १२- अर्थशास्त्र ),इन्दिरा देबकोटा (१२ नेपाली ), कमल बहादुर पौडेल (एसइइ-ऐच्छिक गणित र अनिवार्य गणित-प्राविधिक धार),
गोपाल प्रसाद बश्याल (१२ सामाजिक -साधारण र प्राविधिक धार), जीवन खनाल (12-Power Transmission &Distribution ), जगराम यादव (SEE- Eletrical Machine र 12- Auto CAD),
केशव लम्साल (१२-शिक्षा र विकास ), अनिल वस्नेत (SEE-Utilization), सरोज वि.सी. (SEE- Industrial Installation) , सुस्मिता दर्लामी (८- अङ्ग्रेजी ) र गणेश आचार्य ( सत प्रतिसत बिध्यालयमा हाजिरी हुने शिक्षक) रहेको व्यहोरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा माथागढी गाउँपालिका वडा नं.१ का अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो। उत्कृष्ट र सत प्रतिशत नतिजा ल्याउन खट्ने शिक्षकहरुलाई धन्यवाद दिदै शैक्षिक गुणस्तरमा थप टेवा पुर्याउने उद्देश्य ले ब्यवस्थापन समितिले निति निर्माण गरि सम्मानको कार्यक्रम अगाडी बढाइएको पन्थीको भनाइ छ। बिद्यार्थीहरुमा प्रतिस्पर्धा को भावना विकास भएझै गुणस्तर दिने र बिद्यार्थी उत्तिर्ण गराउन शिक्षकरुलाइ पनि प्रतिस्पर्धाको भावना जागृत गराउन उत्प्रेरणा स्वरुप सम्मान गरिएको प्रधानाध्यापक कृष्ण प्रसाद खनालले बताउनुभयो साथै यस कार्यक्रमले निरन्तरता प्राप्त गर्ने सहायक प्र अ अनुप शर्माले बताउनुभयो। वार्षिकोत्सव को अवसरमा कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउपालिका अध्यक्ष यम ब चिदी प्रमुख प्रसासकिय अधिकृत रामप्रसाद घिमिरे ब्यवस्थापन समिति अध्यक्ष राजकुमार पन्थी प्र अ कृष्ण प्रसाद खनालले सम्मान गर्नुभएको थियो।









