१० वैशाख- प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने २१ जना घाइते भएका छन्।
भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेकामध्ये ५ जना बालबालिका सहित २१ जना घाइते भएका छन्। तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्य घाइतेहरूलाई भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र मा प्राथमिक उपचार गरिएको छ।
हालसम्म मृतक बालकको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










