मुख्य समाचार
कागजमा ‘कृषिमैत्री’ योजना, व्यवहारमा किसानलाई सास्ती: छेर्लुङ्गको कृषि सडक अलपत्र | ‘माटो र बाली व्यवस्थापन : एक झलक’ | रवि लामिछाने तीन दिने तीर्थाटनका लागि भारत जाँदै | लुम्बिनीका पहाडी जिल्लामा सराय नाचको रौनक, संस्कृति संरक्षणमा चुनौती | आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत | दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार | बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न थप चार अर्ब बजेट आवश्यक | कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद | बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज | बडादशैँ र यसको महत्त्व |

कागजमा ‘कृषिमैत्री’ योजना, व्यवहारमा किसानलाई सास्ती: छेर्लुङ्गको कृषि सडक अलपत्र

Rastriyanews

तानसेन, पाल्पा। तानसेन नगरपालिका–१३, छेर्लुङ्गका कृषि सडकको सरसफाइ तथा मर्मतसम्भार नहुँदा स्थानीय किसानले सास्ती भोग्नुपरेको छ। झाडी, झारपात तथा रुखका हाँगाबिँगाले सडक ढाकिएपछि किसानलाई घाँसदाउरा, कृषि सामग्री तथा उत्पादित वस्तु ओसारपसार गर्न कठिन भएको हो।

तानसेन नगरपालिकाले कृषिमैत्री नीति तथा योजना अघि सारे पनि गाउँका कृषि सडकको अवस्था भने दयनीय रहेको स्थानीयको गुनासो छ। कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन र किसानको दैनिकी सहज बनाउन निर्माण गरिएका सडक नै प्रयोग गर्न कठिन भएपछि किसानहरू समस्यामा परेका छन्।

स्थानीय सडकमा झाडी बढेर बाटो साँघुरो बनेको छ। यसका कारण किसानहरू भारी बोकेर जोखिमपूर्ण बाटोमा हिँड्न बाध्य छन्। सडकको नियमित सरसफाइ र मर्मत नहुँदा सामान्य आवतजावतदेखि कृषि उपज ढुवानीसम्म प्रभावित भएको स्थानीयको भनाइ छ।

स्थानीय किसानका अनुसार सडक सफाइ तथा मर्मतका लागि नगरपालिका र जनप्रतिनिधिसमक्ष पटकपटक आग्रह गर्दा पनि समस्या समाधान हुन सकेको छैन। किसानका समस्याप्रति सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

कृषिमैत्री नीति तथा कार्यक्रमको प्रभाव किसानको खेतबारी र दैनिक जीवनमा देखिनुपर्ने स्थानीयको अपेक्षा छ। योजनाहरू कागज र भाषणमा सीमित नभई गाउँका आधारभूत समस्या समाधानमा केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ छ।

छेर्लुङ्गका किसानले सम्बन्धित जनप्रतिनिधि तथा नगरपालिकालाई तत्काल सडकको अवस्थाबारे अनुगमन गरी झाडी सफाइ र आवश्यक मर्मतसम्भार गर्न माग गरेका छन्। कृषि सडकलाई नियमित रूपमा सञ्चालनयोग्य बनाउँदै किसानलाई सुरक्षित आवतजावत र कृषि उपज ढुवानीको व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छन्।

कृषिमैत्री योजनाको वास्तविक उपलब्धि किसानले भोगिरहेका समस्याको समाधानबाटै देखिने भएकाले छेर्लुङ्गको कृषि सडक सुधारमा सम्बन्धित निकायको तत्काल ध्यान जान आवश्यक छ।

— राष्ट्रिय न्युज डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार