बैतडी, कात्तिक ८ गते । बैतडीको डिलासैनी गाउँपालिका–३, रुद्रेश्वरलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो १ बजेर ६ मिनेटमा नेपाल–भारत सीमा क्षेत्रनजिकै भूकम्प गएको हो।>
भूकम्पको धक्का बैतडी र दार्चुलाका आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। भूकम्पबाट कुनै भौतिक वा मानवीय क्षति भएको विवरण प्राप्त नभएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो।>
सुदूरपश्चिम प्रदेश भूकम्पीय जोखिमको क्षेत्रमा रहेकाले सम्भावित विपद्बाट जोगिन सतर्कता र पूर्वतयारी आवश्यक रहेको विज्ञहरूले औँल्याउँदै आएका छन्।>>