मुख्य समाचार
बडादसैंको समापनसँगै आज कोजाग्रत पूर्णिमा मनाइँदै | कागजमा ‘कृषिमैत्री’ योजना, व्यवहारमा किसानलाई सास्ती: छेर्लुङ्गको कृषि सडक अलपत्र | ‘माटो र बाली व्यवस्थापन : एक झलक’ | रवि लामिछाने तीन दिने तीर्थाटनका लागि भारत जाँदै | लुम्बिनीका पहाडी जिल्लामा सराय नाचको रौनक, संस्कृति संरक्षणमा चुनौती | आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत | दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार | बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न थप चार अर्ब बजेट आवश्यक | कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद | बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज |

समाचार राष्ट्रिय समाचार ९ कार्तिक २०८३, आइतबार

बडादसैंको समापनसँगै आज कोजाग्रत पूर्णिमा मनाइँदै

Rastriyanews

काठमाडौं, ८ कात्तिक  । नेपालीहरूको महान् चाड बडादसैंको समापनसँगै आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। यस अवसरमा साँझ महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा रहेको छ।

धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसी महालक्ष्मीको पूजा गरेमा घरमा सुख, समृद्धि र धनधान्य प्राप्त हुने मान्यता छ। यसै दिनसँगै दसैंको टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ।

आज दसैंघरमा चढाइएका फूलप्रसाद तथा जमराका अवशेष नदी तथा जलाशयमा विसर्जन गर्ने परम्परा छ। बडादसैंको अन्तिम दिनका रूपमा रहेको कोजाग्रत पूर्णिमाले दसैंलाई औपचारिक रूपमा बिदाइ गर्ने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ।

भोलिदेखि कात्तिक स्नान तथा आकाशदीप दान गर्ने परम्परा सुरु हुने भएकाले कोजाग्रत पूर्णिमालाई दसैंको बिदाइसँगै तिहारको तयारीको सुरुवातका रूपमा समेत लिइन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार