काठमाडौँ, असोज १६ गते । ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
यही असोज २१ गतेदेखि सुरु हुने लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो।>
टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्।>
>
नेपालले लिग–२ अन्तर्गत ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।>>