काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने तीर्थाटनका लागि आज भारत जान लाग्नुभएको छ। उहाँको सचिवालयले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो।>
सचिवालयका अनुसार सभापति लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिरमा पूजाअर्चना गर्न जान लाग्नुभएको हो।>
सचिवालयले उक्त भ्रमण उहाँको निजी भ्रमण रहेको स्पष्ट पारेको छ।>>