माधव पाण्डे, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–३ मा ‘दोस्रो पूर्वखोला कप–२०८३’ खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।>
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिता असोज २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।>
प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४० हजार, द्वितीयले रु. २५ हजार, तृतीयले रु. १५ हजार र सान्त्वना हुने टोलीले रु. ८ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।>
त्यस्तै, Best Player, Best Libero, Best Spiker, Best Blocker, Best Setter र Best Coach लगायतका विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन रु. ३ हजार दर्ता शुल्क तोकिएको छ।>
राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति>
भलिबल प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ। सांस्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार खुमन अधिकारी, यामप्रसाद न्यौपाने, रामकृष्ण थापा, यामु थापा, तिलक बारघरे तथा डान्सर एलिसा पुन लगायतको प्रस्तुति रहनेछ।>
गायक तथा कार्यक्रम उद्घोषक रामकृष्ण थापा समेत कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ।>
सांस्कृतिक कार्यक्रम असोज ९ गते कालरात्रिका दिन दिउँसो २ बजेदेखि पूर्वखोला गाउँपालिका–३ स्थित खेलमैदानमा आयोजना हुने बताइएको छ।>
प्रतियोगिता FIVB का नियमअनुसार सञ्चालन हुने तथा खेलसम्बन्धी विवादमा आयोजक समिति र रेफ्रीको निर्णय अन्तिम हुने आयोजकले जनाएको छ। खेलाडीका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थासमेत गरिनेछ।>
प्रतियोगितासम्बन्धी थप जानकारी तथा सहभागिताका लागि पोस्टरमा उल्लेख गरिएका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।>
प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमबारे अध्यक्ष रोमन सिथापाले राष्ट्रिय न्युज डटकमका संवाददाता माधव पाण्डेलाई जानकारी दिनुभएको हो।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन