गुल्मी । गुल्मीको मालिकामा देवरको कुटपिटबाट भाउजूको मृत्यु भएको प्रहरीले जनाएको छ। मालिका गाउँपालिका–२, दर्लिङको खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीले ४२ वर्षीया लिला खत्रीको हत्या गरेको आरोप लागेको छ।>
प्रहरीका अनुसार गत असोज २५ गते मादक पदार्थ सेवन गरेका बलबहादुरले भाउजू लिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।>
घाइते लिलाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार गरिएको थियो। उपचारपछि घर फर्किने क्रममा प्रहरीले शंका लागेपछि उनलाई गुल्मी अस्पताल पुर्याएको थियो। अस्पतालमा जाँच गर्ने क्रममा उनको मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।>
प्रहरीले आरोपित बलबहादुरलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक लिलाको शव गुल्मी अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताउनुभयो।>>