मुख्य समाचार
रिब्दीकोटमा पहिरोले दुई घर पूर्ण क्षति, एक महिला बेपत्ता | सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए | कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी | एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो | देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित | कांग्रेस तानसेन नगर सभापतिमा महर्जन निर्वाचित | पाल्पामा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मिति परिवर्तन | रामपुरमा तीन एकल आमालाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण |
मुख्य समाचार
रिब्दीकोटमा पहिरोले दुई घर पूर्ण क्षति, एक महिला बेपत्ता | सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए | कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी | एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो | देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित | कांग्रेस तानसेन नगर सभापतिमा महर्जन निर्वाचित | पाल्पामा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मिति परिवर्तन | रामपुरमा तीन एकल आमालाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण |

राजनीति लुम्बिनी प्रदेश ९ असोज २०८३, शुक्रबार

कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी

Rastriyanews

पाल्पा । नेपाली कांग्रेसको आगामी १५ औं महाधिवेशनको चुनावी सरगर्मी बढेसँगै देशैभरि नयाँ र ऊर्जावान् युवा अनुहारहरू नेतृत्व दाबी गर्दै अगाडि आउन थालेका छन्। यसै क्रममा भूगर्भविद् एवं विद्यार्थी नेता बिदुर बस्यालले महाधिवेशन प्रतिनिधि पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन्। बस्यालको यो उम्मेदवारीले यतिबेला युवा पुस्तामाझ ठूलो उत्साह र तरंग पैदा गरेको छ।

कम्युनिस्ट परिवारदेखि लोकतान्त्रिक यात्रा र निस्वार्थ राजनीति

पार्टी राजनीतिमा लागेका धेरैजसो युवाहरू सुरुमै पद, प्रतिष्ठा र सस्तो लोकप्रियताको पछि कुद्ने प्रवृत्ति हाबी भइरहेका बेला बस्याल भने एक अपवाद हुन्। एउटा कट्टर कम्युनिस्ट पारिवारिक पृष्ठभूमिमा हुर्किएर पनि सानैदेखि लोकतान्त्रिक मूल्य-मान्यताप्रति आकर्षित भएका बिदुरले नेपाल विद्यार्थी संघको राजनीतिमा लामो समय सक्रिय भूमिका निर्वाह गरे। कलेज जीवन र विद्यार्थी राजनीतिमा रहँदा उनले विद्यार्थीहरूको हकहित र शैक्षिक सुधारका लागि अनगिन्ती संघर्ष गरे, तर कहिल्यै कुनै पद वा ओहोदाको लोभ राखेनन्। पदविहीन रहेर पनि संगठनलाई कसरी बलियो बनाउन सकिन्छ र निस्वार्थ रूपमा कसरी काम गर्न सकिन्छ भन्ने कुरा उनले आफ्नो राजनीतिक जीवनबाट प्रमाणित गरेर देखाइसकेका छन्।

राष्ट्रिय गौरवका आयोजनामा काम गरेको अनुभव।

राजनीतिलाई केवल कुरा गर्ने माध्यम मात्र होइन, देश विकासको इन्जिन बनाउनुपर्छ भन्ने मान्यता राख्ने बिदुर शैक्षिक रूपमा पनि उत्तिकै अब्बल छन्। भूगर्भशास्त्रमा स्नातकोत्तर अध्ययनरत उनले देशका सबैभन्दा ठूला र रणनीतिक महत्वका विकास आयोजनाहरूमा भूगर्भविद्को रूपमा आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन्। नेपालको लाइफलाइन मानिएको काठमाडौं-तराई द्रुतमार्ग विकासको नयाँ ढोका खोलेको नागढुङ्गा सुरुङ मार्ग  जलविद्युतको क्षेत्रमा गेमचेन्जर मानिएका पश्चिम सेती जलविद्युत आयोजना र दूधकोशी जलविद्युत आयोजना जस्ता अनेकौं राष्ट्रिय गौरवका आयोजनाहरूमा उनले प्राविधिक विज्ञको रूपमा प्रत्यक्ष काम गरेको लामो अनुभव बटुलेका छन्। देशको भूगोल, प्राविधिक आवश्यकता र पूर्वाधार विकासको मोडेल बुझेको यस्तो बौद्धिक युवा पार्टीको नीति निर्माण तहमा पुग्नु आजको अनिवार्य आवश्यकता हो।


सादगीपन र स्पष्ट भिजन: कांग्रेस रूपान्तरणको आधार !

बिदुर बस्यालको सबैभन्दा ठूलो पुँजी भनेको उनको सादगीपन, सरलता र उच्च बौद्धिकता हो। तडकभडक र खर्चिलो राजनीतिक संस्कारबाट टाढा रहने बिदुर कार्यकर्ता माझ अत्यन्तै लोकप्रिय र मिजासिला मानिन्छन्। उनीसँग कार्यकर्ताको भावना बुझ्ने धैर्यता र पार्टीलाई समयानुकूल डिजिटल र नीतिगत रूपमा रूपान्तरण गर्ने स्पष्ट खाका छ।

नेपाली कांग्रेसलाई अब परम्परागत गुटबन्दी र भाषणमा मात्र सीमित नराखेर युवाहरूको जोस र प्राविधिकहरूको होससहितको आधुनिक पार्टी बनाउनुपर्छ भन्ने मत बलियो बन्दै गएको छ। पदको लोभ कहिल्यै नगरेका निष्कलङ्क कार्यकर्ता, देशको भूगोल र विकास बुझेका भूगर्भविद्, तथा आफैं उद्यम गरेर खुट्टामा उभिएका बिदुर बस्याल चुनावी मैदानमा आएसँगै पाल्पा कांग्रेसका आम शुभेच्छुक र पार्टी पंक्तिमा एउटा नयाँ आशा र ऊर्जा पलाएको छ।

प्रतिक्रिया

Aarati ९ असोज २०८३, शुक्रबार

अब नेतृत्वमा नयाँ ऊर्जा र नयाँ सोचको पालो। धेरै धेरै शुभकामना बिदुर बस्यालज्यू

सम्बन्धित समाचार