काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँ निर्धारण गरिएको छ।>
यसअघि गत कात्तिक २ गते छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला चार हजार १८५ रुपैयाँ कायम भएको थियो।>
दसैँ पर्वका कारण करिब एक सातासम्म स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन। पर्वपछि मूल्य निर्धारण हुँदा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।>>