मुख्य समाचार
बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल | डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु |

रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन

Rastriyanews

तानसेन, पाल्पा । पाल्पाको प्रसिद्ध ऐतिहासिक धरोहर रानीमहलको पृष्ठभूमिमा आधारित ऐतिहासिक उपन्यास ‘रानीमहल’ शुक्रबार विशेष समारोहका बीच विमोचन गरिएको छ । साझा प्रकाशनद्वारा प्रकाशित उक्त उपन्यासका लेखक रामचन्द्र खनाल हुनुहुन्छ ।

नेपालकै ‘ताजमहल’ का रूपमा परिचित रानीमहल दरबारको ऐतिहासिक पृष्ठभूमि, तत्कालीन सामाजिक परिवेश तथा राणाकालीन सत्ता सङ्घर्षलाई उपन्यासमा कलात्मक र मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा निर्माण गराएको रानीमहलसँग जोडिएका ऐतिहासिक पक्षलाई कृतिमा समेटिएको छ । उपन्यास विमोचन कार्यक्रम तानसेन नगरपालिकाले आयोजना गरेको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपन्यासको विमोचन गर्नुभयो । उहाँले रानीमहल लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनलाई सबैले साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

तानसेनमा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएका मुख्यमन्त्री आचार्यले नेपालीहरूको महान् पर्व बडादसैँलगायत विभिन्न चाडपर्वका अवसरमा सबैमा हार्दिक शुभकामनासमेत व्यक्त गर्नुभयो ।

विमोचन कार्यक्रममा सहभागी बुद्धिजीवी तथा वक्ताहरूले ‘रानीमहल’ जस्ता ऐतिहासिक कृतिले पाल्पाको इतिहास संरक्षण गर्न, नयाँ पुस्तालाई ऐतिहासिक तथ्यबारे जानकारी गराउन तथा स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा

१ कार्तिक २०८३, शनिबार

रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन

१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

१ कार्तिक २०८३, शनिबार

डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान

३० असोज २०८३, शुक्रबार

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

३० असोज २०८३, शुक्रबार

माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ

२९ असोज २०८३, बिहीबार

सम्बन्धित समाचार