काठमाडौं । युएईले सिंगापुरलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। यो जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा रहेको युएई सेमिफाइनल प्रवेशको नजिक पुगेको छ।>
आइतबार भएको खेलमा सिंगापुरले दिएको १७३ रनको लक्ष्य युएईले २४.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो। लगातार तीन खेल जितेको युएईको ६ अंक भएको छ।>
समूह विजेता बन्न युएईले अब अन्तिम खेलमा बलियो टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। युएईसँगको खेल ओमानका लागि सेमिफाइनल प्रवेशका दृष्टिले निर्णायक बन्नेछ।>
समूह ‘बी’मा युएई ६ अंकसहित शीर्ष स्थानमा रहँदा ओमान र कुवेतको समान ४–४ अंक छ। कुवेतसँग चार विकेटले पराजित भएपछि ओमान दबाबमा परेको हो। यस समूहबाट सेमिफाइनल प्रवेशका लागि युएई, ओमान र कुवेतबीच प्रतिस्पर्धा भइरहेको छ।>
कतारको २ अंक छ भने सिंगापुरले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन।>
यसअघि भएको खेलमा नेपाली बलर सन्दीप लामिछानेले दुई मेडन ओभरसहित १९ रन खर्चिएर विकेट लिएका थिए। दीपेन्द्रसिंह ऐरीले ९.२ ओभरमा ४३ रन खर्चिए। ललित राजवंशीले दुई विकेट लिए भने शेर मल्ल र गुल्सन झाले समान एक–एक विकेट हात पारे।>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन