समाचार राष्ट्रिय समाचार प्रदेश ५ कार्तिक २०८३, बुधवार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

Rastriyanews

काठमाडौं, कात्तिक ४ गते । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर नै टीका लगाउन सकिनेछ।

टीका लगाउँदा कुन दिशातर्फ फर्कने?

समितिका अनुसार टीका लगाइदिने मान्यजन पूर्व दिशातर्फ र टीका थाप्ने व्यक्ति पश्चिम दिशातर्फ फर्केर बस्नुपर्नेछ।

दसैँमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने धार्मिक परम्परा छ। यस दिन परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट टीका, जमरा र शुभआशीर्वाद लिने चलन छ।

नेपाली समाजमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार