मुख्य समाचार
माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति | चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना |

समाचार स्थानीय समाचार प्रदेश २९ असोज २०८३, बिहीबार

माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ

Rastriyanews

विकाश काफ्ले, पाल्पा। पाल्पाको माथागढी गाउँपालिकामा १२ वर्ष र चिदीपानी स्वास्थ्य चौकीमा ७ वर्षसम्म जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य चौकी प्रमुखका रूपमा सेवा प्रदान गर्नुभएका ध्रुवबहादुर सुनारलाई भावपूर्ण रूपमा बिदाइ गरिएको छ।

माथागढी गाउँपालिका–१, चिदीपानीस्थित चिदीपानी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उहाँलाई बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रममार्फत सम्मानसहित बिदाइ गरिएको हो। वडा स्तरीय खोप समन्वय समितिका सदस्य तथा वडा सदस्य डुकुलबहादुर गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिदाइ भएर जान लाग्नुभएका सुनार प्रमुख अतिथिका रूपमा रहनुभएको थियो।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका माया न्यौपानेले सुनारले स्वास्थ्य क्षेत्रमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सुनारको सेवाभाव, सहयोगी स्वभाव र जिम्मेवारीप्रतिको प्रतिबद्धता सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै समुदायका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन उहाँले खेलेको भूमिकाको स्मरण गर्नुभयो।

त्यसैगरी, धैरेनी सामुदायिक स्वास्थ्य इकाइका प्रमुख विक्रम जिसीले सुनारको लामो सेवाकाललाई स्वास्थ्य क्षेत्रका लागि महत्त्वपूर्ण योगदानका रूपमा चर्चा गर्नुभयो। सहकर्मीबीचको सहकार्य, अनुभव आदानप्रदान र सेवाग्राहीप्रतिको जिम्मेवारीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मद्दत पुग्ने उहाँको भनाइ थियो।

चिदीपानी स्वास्थ्य चौकीकी प्रमुख अञ्जली जैसवालले सुनारसँग काम गर्दाका अनुभव स्मरण गर्दै उहाँको कार्यशैली, अनुभव र मार्गदर्शन स्वास्थ्य संस्थाका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले सुनारले स्वास्थ्य सेवामा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि उहाँको अनुभव र सुझाव स्वास्थ्य क्षेत्रका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

बिदाइ मन्तव्यका क्रममा सुनारले माथागढी गाउँपालिका तथा चिदीपानी स्वास्थ्य चौकीमा कार्यरत रहँदा साथ, सहयोग र विश्वास प्रदान गर्ने जनप्रतिनिधि, सहकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो। सेवाका क्रममा प्राप्त अनुभव, सहकार्य र आत्मीयता आफ्नो जीवनका महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको विकास र जनताको सेवाप्रति सद्भाव कायम रहने बताउनुभयो।

कार्यक्रमका अध्यक्ष डुकुलबहादुर गाहाले सुनारले लामो समयसम्म स्थानीय समुदायको स्वास्थ्य सेवामा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले बिदाइ सम्बन्धको अन्त्य नभई नयाँ यात्राको सुरुवात भएको उल्लेख गर्दै सुनारको आगामी कार्ययात्रा सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

माथागढी गाउँपालिकामा १२ वर्ष र चिदीपानी स्वास्थ्य चौकीमा ७ वर्षसम्म सेवा गर्नुभएका सुनारको बिदाइले स्वास्थ्यकर्मी तथा स्थानीय समुदायमा भावुक वातावरण सिर्जना गरेको थियो। कार्यक्रममा सहभागीहरूले उहाँले स्वास्थ्य क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आगामी दिनमा निरन्तर प्रगति, सुस्वास्थ्य र सफलताको कामना गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार