राष्ट्रिय न्युज पाल्पा -फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागी पाल्पाका विभिन्न राजनैतिक दलका उमेदवार हरु पाल्पाका धार्मिक स्थल मन्दिरमा दर्शन गर्दै घरदैलोमा मत माग्न धाइरहेका छ्न। नेकपा एमालेका केन्द्रिय सद्स्य तथा विघटित प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले समग्र पाल्पाको विकासका लागी पार्टीको निर्देशन बमोजिम निर्वाचनमा जनताको घरदैलोमा प्रतिनिधित्व गर्दै अघि बढेको बताउनुभयो । जनताले गएको निर्वाचनमा आफुलाइ बिजय बनाइ पठाएको साथै जनातको अधुरो रहेको बिकासे कामलाई पुरा गर्न उमेदवारि दिएको बताउनुभयो ।

गैरेले २३ र २४ को जेन्जि आन्दोलन एउटै डालोमा राखेर हेर्नु अन्याय पुर्ण हुने बताउदै छुट्टै न्यायिक समिती मार्फत घटनाको छानबिन हुनुपर्नेमा जोड दिनुभयो।जनताको घरदैलोमा भ्रष्टाचार ,शुसाशन कृषि ,सडक स्वास्थ्य शिक्षाको एजेन्डा सहित घरदैलोमा गएको गैरेले राष्ट्रिय न्युजलाइ बताउनुभयो । नेपालि काङ्ग्रेस का पाल्पा जिल्ला सभापति तथा उमेदवार हिमालदत श्रेष्ठले जेन्जि आन्दोलन ले नेपालि काङ्ग्रेसमा विशेष महाधिवेशन तथा नेतृत्वदायी भुमिका अनुरुप पार्टीको निर्देशनमा उमेदवारवारि दिएको बताउनुभयो ।श्रेष्ठले एतिहासिक धार्मिक तथा पर्यटन तथा धार्मिक गन्तव्य रहेको साथै पाल्पाको गुमेको पहिचानलाई सेवक बनि स्थापित गर्न , कृषि ,स्वास्थ्य ,शिक्षा , ग्रामीण सडक ,भ्रष्टाचार ,देशको समृद्धि , लगायतका विषय अघि चर्चा र एजेन्डा सहित जनताको घरदैलोमा गएको बताउनुभयो ।

ने क पा का उमेदवार पुर्ब उद्दोग तथा पर्यटन मन्त्री सोम प्रसाद पाण्डेयले । २०५१ सालदेखि जनातको सेवा गर्दै आएको बताउनुभयो पाण्डेले सिद्ध बाबा सुरुङ्ग मार्ग आफ्नै पहलमा गुरुयोजनाका रुपमा रहेको बताउदै धार्मिक तथा पर्यटनका रुपमा तेल्घा लगायत पाल्पाका धार्मिक तथा पर्यटन स्थल, पुन निर्माण ,कृषि, सडक ,स्वास्थ्य लगायतका बिकासे एजेन्डा सहित जनताको घरदैलोमा पुगेको बताउनुभयो। रास्वपाका उम्मेदवार थापा डाक्टर माधव थापाले विगतमा हुन नसकेकाकामलाई पूरा गर्ने र युवाको काँधमा जिम्मेवारी दिनुपर्ने बताउँदै मत मागेका छन् ।

साथै भ्रष्टाचारमा शून्य सहनशीलता, पारदर्शीता, जवाफदेहिता र सुशासनको पक्षमा आफूले काम गर्ने उदेश्यका साथ जनताको घरदैलोमा पुगेको बताउनुभयो। सबै उम्मेदवारसँग मित्रवत प्रतिस्पर्धा हुने भएकाले कुनै पनि अन्य उमेदवारलाई कुनै प्रकारको आक्षेप नलगाउने थापाले बताउनुभयो । आफूले जित प्राप्त गरेमा शिक्षा, स्वास्थ्य, सडकजस्ता पूर्वाधार विकासमा ध्यान दिनेमा आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो ।
विगतका निर्वाचनको मत परिणाम हेर्दा मुख्यतः एमाले, कांग्रेस, नेकपा र रास्वपाको प्रतिस्पर्धा हुनेछ । राप्रपाबाट डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामीले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमुक्ति पार्टीमा टोपबहादुर अस्लामी, जनता समाजवादी पाटी (एकल चुनाव चिह्न) बाट खिकबहादुर रेश्मी, नेसनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामीले मनोनयन गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट कृष्ण शोभा मुस्याख्व सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, नेकपा (माओवादी) बाट बिष्णु ठडराई (सार्की) प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसीले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर २ बाट मोहन कुंवर थापा मगर, केशव प्रसाद बस्यालले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् ।













