राष्ट्रिय न्युज पाल्पा-पाल्पाको माथागढी गाउँपालिका–३, सिलङ्गीमा स्थापित न्यू जल्पा देवी युवा क्लबले ‘बी लेभल’ गाउँ–टोल स्तरीय भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिता २०८२ पुष २७ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुने साथै खेलमा सहभागी क्लबहरुले २०८२ पुष २६ गतेसम्म दर्ता गरिसक्नुपर्ने कल्बका अध्यक्ष तथा खेल संयोजक टेक टेक बहादुर चौहान मगरले बताउनुभयो ।
खेल दर्ता शुल्क रु २,५१० रहेको साथै प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना गरी क्रमशः रू ३०,०००, रू २०,०००, रू १०,००० र रू ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारका रासि रहेको समेत चौहानले बताउनुभयो ।
प्रतियोगिता माथागढी–३ सिलङ्गीको खेलमैदानमा हुनेछ। खेल पहिलो चरणमा प्रणालीमा र दोस्रो चरणदेखि पोल प्रणालीमा सञ्चालन गरिने छ। प्रतियोगितामा ‘बी लेभल’का ८ जना खेलाडी र १ जना प्रशिक्षक सहभागी हुन पाउने छन्। जिल्ला तथा प्रदेश स्तरमा खेलिसकेका खेलाडीहरू भने यस प्रतियोगितामा सहभागी हुन नपाउने खेल संयोजक चौहानले बताउनुभयो ।
सहभागी खेलाडीहरूले खाना, खाजा तथा बासको व्यवस्था स्वयम् आफैंले मिलाउनु पर्ने छ। प्रत्येक खेलाडीले अनिवार्य रूपमा जर्सीमा उपस्थित हुनुपर्ने चौहानले बताउनुभयो ।














