मुख्य समाचार
साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा | सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो | आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते | सम्भावनाको पाल्पा : नेतृत्वले चाह्यो भने समृद्धिको नमुना बन्न सक्छ | नेपाली बजारमा सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँमा झर्‍यो | गुडिरहेको ईभीबाट खसेर रोल्पामा ३० वर्षीय यात्रु घाइते | ट्याङ्करबाट इन्धन चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ |
मुख्य समाचार
साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा | सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो | आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने | सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा | दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते | राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते | सम्भावनाको पाल्पा : नेतृत्वले चाह्यो भने समृद्धिको नमुना बन्न सक्छ | नेपाली बजारमा सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँमा झर्‍यो | गुडिरहेको ईभीबाट खसेर रोल्पामा ३० वर्षीय यात्रु घाइते | ट्याङ्करबाट इन्धन चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ |

साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा

Rastriyanews

किरण रायमाझी, पाल्पा । ताजा समाचारको प्रतिस्पर्धा, हतारको समयसीमा र सतही लोकप्रियताको पछाडि दौडिरहेको वर्तमान विद्युतीय पत्रकारितामा तथ्य, खोज र निरन्तरताको कसीमा खरो उत्रिनु आफैँमा ठुलो चुनौती हो । तर, राजधानीबाहिरको ऎतिहासिक तथा पर्यटनकेन्द्रले परिचीत जिल्ला पाल्पामा बसेर साढे दुई दशकभन्दा लामो समयदेखि राष्ट्रिय पत्रकारिताको मूलधारमा आफ्नो बलियो पहिचान स्थापित गरिरहनुभएका वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल आम सञ्चारकर्मीहरूका लागि एक आदर्श बन्नुभएको छ ।

वि.सं. २०३४ साउन १४ गते (सन् १९७७ जुलाई २९) रामपुर ९ साविकको खालिवन गा.वि.स मा जन्मिनुभएका अर्याल हाल  तानसेन नगरपालिका–४, बारुदखानमा स्थाइ बसोबास गर्दै आउनुभएको छ। पत्रकारिता यात्रा केवल दैनिक घटनाक्रमको टिपोटमा मात्र सीमित छैन । उहाँको कलमले ग्रामीण बस्तीका आम नागरिकका आवाजलाई स्थानीय, प्रदेश र सङ्घीय नीति निर्माण तहसम्म जोड्ने सशक्त सेतुको काम गर्दै आएको छ ।

साढे दुई दशकको अविराम पत्रकारिता यात्रा

सन् १९९७ मा ‘नव जनचेतना साप्ताहिक’बाट समाचार सङ्कलन तथा लेखन सुरु गर्नुभएका अर्यालले ‘दैनिक जनसङ्घर्ष’ (सन् १९९८–२०१२) हुँदै सन् २००२ देखि देशकै अग्रणी सञ्चारगृह ‘कान्तिपुर मिडिया ग्रुप’मार्फत अविराम यात्रा तय गर्नुभएको छ । कान्तिपुर दैनिक, द काठमान्डु पोस्ट, रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजन गरी छापा, अङ्ग्रेजी, रेडियो, टेलिभिजन र विद्युतीय बहुमाध्यममा उहाँको उत्तिकै सशक्त उपस्थिति छ । यसका साथै प्रादेशिक तथा क्षेत्रीय दैनिक ‘दैनिक पत्र’मा वरिष्ठ संवाददाता (सन् २०१३–२०२६) का रूपमा समेत उहाँले जिल्ला र स्थानीय स्तरको पत्रकारिताको मर्यादा उँचो राख्नुभयो ।

खोजमूलक कलम : समस्यादेखि समाधानसम्म

प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिताको परिधिभित्र रही सनसनीपूर्णभन्दा पनि सार्वजनिक सरोकारका गहन विषयमा कलम चलाउनु अर्यालको मुख्य विशेषता हो । तथ्यपरक, सन्तुलित र गहिरो खोजमा आधारित उहाँको कलमले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको पहिरो जोखिम, पहिरोबाट क्षतिग्रस्त ग्रामीण बस्तीका पीडा र अलपत्र विकास आयोजनाबारे निरन्तर खबरदारी गर्दै राज्यका निकायलाई जवाफदेही बनाएको छ ।

त्यस्तै, अनियन्त्रित चुनढुङ्गा उत्खनन, चुरे दोहन र वन डढेलोविरुद्धका उहाँका खोजमूलक समाचारहरूले वातावरण संरक्षणमा समेत नीतिगत दबाब सिर्जना गरेका छन् । समस्यामात्र होइन, समाधान र सम्भावना उजागर गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने अर्यालले पाल्पाको ऐतिहासिक धरोहर रानीमहल, पाल्पाली ढाका, सत्यवती ताल तथा स्थानीय मगर संस्कृतिको गरिमालाई राष्ट्रिय स्तरमा चिनाउन अग्रणी भूमिका खेल्नुभएको छ । रिब्दीकोटको अकबरे खुर्सानी खेतीजस्ता कृषि सफलता, किसानका प्रेरणादायी कथा र स्थानीय स्तरमा भएका आर्थिक–सामाजिक रूपान्तरणका पक्षलाई पनि उहाँले उत्तिकै प्राथमिकता दिनुहुन्छ । तीनै तहका सरकारमा देखिएका बेथितिविरुद्ध खरो प्रश्न गर्दै नागरिकलाई सचेत बनाउनु उहाँको दैनिकी हो ।

निरन्तर अध्ययन र प्रविधिमैत्री सोच

पत्रकारितामा अनुभवसँगै प्राज्ञिक अध्ययन र समयानुकूल सिप अपरिहार्य ठान्नुहुने अर्यालले कार्यव्यस्तताका बावजुद पोखरा विश्वविद्यालयअन्तर्गत काठमाडौँको कलेज अफ जर्नलिज्म एन्ड मास कम्युनिकेसन (सीजेएमसी) बाट सन् २०१२ मा आमसञ्चार तथा पत्रकारिता विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गर्नुभयो ।

प्रविधिको द्रुत बदलावसँगै आफूलाई अद्यावधिक राख्न उहाँले सन् २०१६ मा जर्मनीको बोनमा आयोजित विश्व सञ्चार मञ्च (ग्लोबल मिडिया फोरम) देखि पछिल्लो समय (सन् २०२३ र २०२५ मा) भ्रामक सूचना नियन्त्रण, विद्युतीय सुरक्षा तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणसम्बन्धी दुई दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी तालिम लिनुभएको छ । पुरानो पुस्ताको गहिरो स्थलगत अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री सोचको सुन्दर संयोजन उहाँको कार्यशैलीमा झल्किन्छ ।

नेतृत्व, सम्मान र पुरस्कार

पत्रकारितासँगै नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्ष तथा नेपाल वातावरण पत्रकार समूहको सक्रिय सदस्यका रूपमा समेत उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । व्यावसायिक निष्ठा र निरन्तर योगदानको कदरस्वरूप उहाँ लुम्बिनी प्रदेश सरकारबाट ‘सिर्जनशील पत्रकारिता पुरस्कार’, युवा पत्रकारिता पुरस्कार (२००२), सिर्जनशील पत्रकारिता पुरस्कार पाल्पा (२००३), देवीभक्त–चोलकुमारी सामाजिक सेवा पत्रकारिता पुरस्कार (२००४), उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार (२००५), उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार (२००३, २००६, २००७), उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार (२००७) र वैकुण्ठध्वज उत्कृष्ट पत्रकारिता पुरस्कार (२०१०) लगायत दर्जनौँ प्रतिष्ठित सम्मानबाट विभूषित हुनुभएको छ ।

आत्मालोचनाको घडी र नयाँ पुस्तालाई सन्देश

आजको नयाँ पुस्ताका पत्रकारहरू, जो अवसर र पहिचानका लागि राजधानी नै धाउनुपर्छ भन्ने ठान्छन्, उनीहरूका लागि माधवप्रसाद अर्यालको जीवन एउटा खुला पाठशाला हो । तर, उहाँको यो समर्पण र निष्ठाको सामुन्ने उभिएर आजको नयाँ पुस्ताका पत्रकार, सञ्चारमाध्यम र स्वयं नागरिकले समेत गम्भीर आत्मालोचना गर्ने बेला भएको छ— के हामीले खोजमूलक पत्रकारिताको मर्मलाई न्याय गर्न सकेका छौँ ? के हामी सामाजिक उत्तरदायित्व र नागरिक कर्तव्यबाट कतै चुकिरहेका त छैनौँ ?

अर्यालको जीवनले स्पष्ट सन्देश दिन्छ— पत्रकारितामा भूगोल गौण हो; मुख्य कुरा त समाचारप्रतिको भोक, तथ्यप्रतिको इमानदारी, सामाजिक उत्तरदायित्व र निरन्तरको साधना हो

प्रतिक्रिया

ताजा समाचार

साढे दुई दशकदेखि गाउँका आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउनुहुने वरिष्ठ पत्रकार माधवप्रसाद अर्याल : नयाँ पुस्ताका लागि प्रेरणा

५ मंगशिर २०८३, शनिबार

सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन २ लाख ४५ हजारमा झर्‍यो

४ मंगशिर २०८३, शुक्रबार

आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी–दामोदर विवाह गरिने

४ मंगशिर २०८३, शुक्रबार

सत्यवती बज्यै मन्दिरमा मेलाको तयारी तीव्र, एक लाखभन्दा बढी भक्तजन आउने अपेक्षा

३ मंगशिर २०८३, बिहीबार

दाङको शिवखोलामा बस दुर्घटना, १४ यात्रु घाइते

३ मंगशिर २०८३, बिहीबार

राप्ती पुल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

३ मंगशिर २०८३, बिहीबार

सम्बन्धित समाचार