भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको १० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल चार्जर र हेडफोन बरामद गरिएको छ।>
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको टोलीले सोमबार बिहान ७ बजे चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।>
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको सामसुङ कम्पनीका २८५ थान मोबाइल चार्जरका टाउका र एप्पल कम्पनीका नौ थान हेडफोन बरामद गरेको जनाएको छ।>
सशस्त्र प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य १० लाख २७ हजार ५०० रुपैयाँ रहेको छ।>
बरामद गरिएका सामान आवश्यक कारबाही तथा भन्सार प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।>>