पाल्पा।
तानसेन नगरपालिकामा गठित प्रज्ञा प्रतिष्ठान समितिका पदाधिकारीहरूको पदस्थापन तथा प्रथम बैठक सम्पन्न भएको छ ।
तानसेन नगर प्रज्ञा प्रतिष्ठानका कुलपति तथा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले उपकुलपति चोलेश्वर शर्मालाई संविधानमा व्यवस्था भए बमोजिम शपथ ग्रहण गराउनुभएको थियोे।
त्यसैगरी प्रतिष्ठानका उपकुलपति शर्माले प्रतिष्ठानका १५ जना सदस्यहरूलाई शपथ गराउनुभएको थियो।
बैठकमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगर प्रज्ञा प्रतिष्ठानमा गठित सम्पूर्ण समितिका सदस्यहरूलाई शुभकामना दिँदै आफ्नो कार्यकालमा तानसेनको भाषाकला, साहित्य, संस्कृति सम्पदा संरक्षण तथा सम्बर्धन गर्न, शैक्षिक विकास, सामाजिक एबम दर्शनशास्त्रको अनुसन्धान लगायत समाजको उपयोगी कृतिहरू प्रकाशित गर्न, योजनाहरूको कार्यान्वयन गर्न, मौलिक सिर्जना र प्रतिभाहरूको सम्मान तथा कदर गर्नका लागि सम्पूर्ण सदस्यहरूको सक्रियतापूर्ण भूमिका रहने बिश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रवक्ता यादव सिंह कार्की, प्रज्ञा प्रतिष्ठानका सदस्य धनकला गाहा, कार्यपालिका सदस्य सविता भट्टराई लगायतले शुभकामना व्यक्त गर्दै प्रज्ञा प्रतिष्ठानको माध्यमबाट सम्पूर्ण तह र तप्काका बौद्धिक व्यक्तित्वहरूको समूहले आगामी दिनमा सबै क्षेत्र समेटेर काम गर्नुपर्ने बताएका थिए।
प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले प्रज्ञा प्रतिष्ठानको ऐन नगर सभाबाट पास भईसकेको जानकारी दिनुभएको थियो।उहाले ऐन अनुसार आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नुपर्नेमा जोड दिदै शुभकामना दिनुभएको थियो।
विभिन्न वडा र विभिन्न क्षेत्रका शैक्षिक, बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रम तानसेन नगरपालिकाका वरिष्ठ योजना अधिकृत दुर्गा थापाको सञ्चालनमा सम्पन्न भएको हो ।