काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले उक्त जानकारी दिएका हुन्। यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।
त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
साथै, सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) मा नारायणदत्त पौडेल लाई नियुक्त गर्ने निर्णय समेत गरिएको छ।












