दाङ । दाङको देउखुरीस्थित राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।>
मृत्यु हुनेमा गढवा गाउँपालिका–६, रामपुर निवासी १९ वर्षीय रोहित सुनार रहेका छन्।>
प्रहरीका अनुसार बिहीबार बिहान लमहीबाट गढवातर्फ जाँदै गरेको रा.५ प. ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।>
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा गाउँपालिका–६ निवासी १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ घाइते भएका छन्।>
मृतक सुनारको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।>>