पाल्पा- चैत २७,
सरकारी तथा गैरसरकारी निकायको आयोजनामा बेलाबखत सीपमूलक तालिम र कार्यक्रम हुन्छन्। ती कार्यक्रममा सहभागी भएकाहरू कतिले सीप उपयोग गरे वा गरेनन् भन्ने लेखाजोखा कमै सङ्ख्यामा हुने गरेको छ। पाल्पाको तानसेन नगरपालिका-९, अम्लिहानका पुष्पा श्रेष्ठ भने सीप सिकेर आत्मनिर्भर बन्नुभएको छ।
५ दिने अचार बनाउने तालीम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ पुष्पाले अचार उद्योग सञ्चालन गर्नुभएको छ । मासिक ३० हजार हाराहारी रकमको अचार बिक्री हुने गरेको छ। २ वर्ष देखि उद्योग सञ्चालन गर्दै आउनुभएका उहाँले सीप र जाँगर भए नेपालमै राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ।
उहासंगै अन्य तिन जना महिला पनि उद्योगमा आवद्ध छन्। सोहि उद्योगमा कार्यरत मिना सिंजाली पनि अचार उत्पादन बिक्रीबाट आत्मनिर्भर बन्नुभएको छ। अहिले ५ प्रकारका अचार बिक्रीका लागि राख्ने गर्नुभएका उहाँले सुरुमा २५ हजार रुपैयाँ लगानी गर्नुभएको थियो। गाउँमै उत्पादित कच्चा पदार्थबाट अचार बनाउने गरिएको छ । तौल अनुसार एक सय ३० देखि ५०० रुपैयाँ सम्ममा अचारका डिब्बा बिक्री गर्नुहुन्छ ।
तानसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजेशकुमार अर्यालले विभिन्न उधम ब्यवसाय गर्न चाहानेसँगै वडाले हातेमालो गरेको दाबी गर्नुहुन्छ । कृषिमा आधारित लघु उद्यमको स्थापना र विकासमा आफूले पनि प्रोत्साहन गरेको उहाँको भनाइ छ।
पुष्पाले सञ्चालन गरेको उद्योगबाट उत्पादन गरेको अचार सोचेजती बिक्री भने हुन सकेको छैनन् । अहिले पुष्पाको अचार उद्योगमा ३ जना अरु महिलाले रोजगार पनि पाएका छन् । अचारको बजारीकरणमा समस्या भएकोले स्थानिय सरकारले सहयोग गर्नुपर्ने उनिहरु बताउछन।महिला उद्यमीलाइ प्रोत्साहन गर्न स्थानिय सरकारले महिला लक्षीत कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ।