मुख्य समाचार
दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार | बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न थप चार अर्ब बजेट आवश्यक | कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद | बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज | बडादशैँ र यसको महत्त्व | पाल्पाका सम्पदा | महाअष्टमीमा माता महागौरीको पूजाआराधना गरिँदै | बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल |

समाचार राष्ट्रिय समाचार व्यापार ४ कार्तिक २०८३, मङ्गलबार

दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार

Rastriyanews

बुटवल । दशैं मनाउन आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै बुटवल बजार सुनसान बनेको छ। सामान्य अवस्थामा सवारीसाधन र पैदलयात्रीको चापले व्यस्त रहने बुटवलका मुख्य चोक, सडक तथा गल्लीमा यतिबेला चहलपहल घटेको हो।

दशैंको नवौँ दिनसम्म आइपुग्दा बुटवलका मुख्य बजार क्षेत्रमा चहलपहल पातलिएको छ। बिहानैदेखि मुख्य सडकमा फाट्टफुट्ट मात्रै सवारीसाधन चलेका छन् भने पैदलयात्रीको आवागमन पनि न्यून देखिएको छ। व्यापारिक भवन तथा अधिकांश पसलका सटर बन्द छन्।

दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता–चप्पललगायतका सामान खरिद गर्न ग्राहकको भीड लाग्ने बजारमा अहिले मानिसको उपस्थिति कम भएको छ। रोजगारी, व्यापार तथा विभिन्न कामका सिलसिलामा बुटवलमा बसोबास गर्दै आएका मानिस परिवार र आफन्तसँग दशैं मनाउन गाउँ फर्किन थालेपछि बजारको दैनिकी फेरिएको हो।

सामान्य दिनमा सवारीसाधनको चाप र मानिसको भीडभाडले व्यस्त रहने ट्राफिक चोक, मिलनचोक र अमरपथलगायतका क्षेत्रमा पनि अहिले चहलपहल घटेको छ। सडकमा सवारीसाधनको चाप कम हुँदा बजार क्षेत्र शान्त देखिएको छ।

दशैंलाई व्यापार बढ्ने प्रमुख अवसरका रूपमा लिने व्यवसायीका लागि भने बजारमा ग्राहकको उपस्थिति घट्नु चासोको विषय बनेको छ। चाडपर्वका बेला गाउँ फर्किने मानिसको सङ्ख्या बढेसँगै सहरी बजारमा किनमेल गर्ने ग्राहक घट्नु स्वाभाविक मानिन्छ।

दशैंले गाउँघरमा पारिवारिक भेटघाट, रमाइलो र उत्सवको माहोल बढाइरहँदा बुटवलको  बजार भने केही दिनका लागि शान्त बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार