मुख्य समाचार
कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद | बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज | पाल्पाका सम्पदा | महाअष्टमीमा माता महागौरीको पूजाआराधना गरिँदै | बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल | डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ |

समाचार राष्ट्रिय समाचार ३ कार्तिक २०८३, सोमबार

बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज

Rastriyanews

काठमाडौँ, कात्तिक २ गते । नेपाली सेनाले धादिङ र गोरखालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज जडान गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पुलको गोरखातर्फको खण्ड बगाएपछि नेपाली सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडान कार्य सुरु गरेको थियो। सेनाले कात्तिक १ गते पुल जडान सम्पन्न गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नवनिर्मित बेलीब्रिज ९० फिट (२७.४३ मिटर) लम्बाइ र १३.७८ फिट (४.२ मिटर) चौडाइको रहेको छ।

पुल सञ्चालनमा आएसँगै धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ। पुल पुनःस्थापनाले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहजता आउने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार