गिता भट्टराई १०, फागुन स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका द्धारा आयोजित चौथो अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव मंगलवार देखि सुरु भएको छ । अध्यक्ष कपको एक कार्यक्रमका बिच संविधानसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा सभामुख देवराज घिमिरेले आफु सभामुख भएकोले रेफ्रीले एउटा खेललार्इ जसरी निष्पक्ष रुपमा खेल खेलाउछ यसैगरी आफुले पनि संसदमा निष्पक्ष भुमिका निर्वाह गर्ने बताउनुभएको छ।
सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा हुने गरेको बताउँदै उहाँले कार्यपालिका र व्यवस्थापिकाबीचमा समन्वय हुन नसकेको पनि बताउनुभयो ।
प्रतियोगीतामा ६ विधामा १९ वटा स्वर्ण पदक,१९ कांस्य पदक,१९रजत पदक गरि ५७ पदक रहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बाहादुर थापाले बताउनुभयो । ७ वटा वडा रहेको गाउँपालिका बाट ७५४ जना खेलाडी सहभागी रहेको आयोजकले जानकारी दिएको छ।













