पाल्पा - पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको ज्यान गयो
सनिवार राति माथागढि गाउँपालिका -४ झडेवाबाट रहबासमा रहेको चुनढुङ्गा खानितर्फ जादै गरेको लु २ ख ४५ २५ नम्बरको खालि टिप्पर दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्।
गम्भीर घाइते भएका चिदीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही रिफर गरि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो।
दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा, तीन जनालाई चिकित्सकले मृत भएको साथै घाइते १ जनाको उपचारको क्रममा मृत्यु भएको मेडिकल कलेजले जनाएको छ।
दुर्घटनाग्रस्त टिप्पर सडकदेखि करिब ५० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ।













