राष्ट्रिय न्युज पाल्पा- : रूरू गौसेवा आश्रम तानसेन नगरपालिका-१४ कुसेनी पाल्पाको आयोजनामा श्री भविष्यपुराण गोआराधना धान्याचल महायज्ञ कुसेनि गौ सेवा आश्रममा हुने भएको छ। रुरु धाम जाऔ ।१०८ गाइको दर्शन गरौं घास ,धान ,पराल,दाना,अर्पण गरौं ।एक गाइ पालनका लागि मासिक खर्च रु २१०० दान गरौ पुण्य कमाऔ।भन्ने मुल मन्त्र साथै बेवारिसे अवस्थामा सडकमा छाडिएका गाइको उद्दार र पालनका लागि महायज्ञको आयोजना गर्न लागिएको हो।
आयोजकले महायज्ञको तयारी पूरा भएकोबारे मंगलबार तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। यहीँ आउदो मंसिर १९गते देखि २५ गतेसम्म हुने धार्मिक महायज्ञमा दीपोत्सव, करोड दीप प्रज्वलन, विशाल भण्डारा र गौ महाआरति हुने गौशालाका प्रमुख संरक्षक शंकर गिरीले बताउनुभयो ।
गिरिले भक्तजन र धार्मिक भजनलाई जोगाउन भजन प्रतियोगिता राखिएको साथै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार, ५ हजार पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो ।
साथै गिरिले महायज्ञ सञ्चालनमा ५ लाख खर्च हुने र करिब १० लाख धार्मिक सहयोग हुने अनुमान गरिएको बताउनुभयो ।
महायज्ञमा पूजापाठ, पाठपरायण, प्रत्येक दिन हवन, रुद्री, चण्डी, गीता र वेद पाठ हुने गौसेवा आश्रमकी उपाध्यक्ष सीता ज्ञवालीले बताउनुभयो।
संस्थापक अध्यक्ष श्री राजु राणा मल्लले टाढाबाट आउने भक्तजनलाई खानेबस्ने व्यवस्था गरिएको बताउदै गौशालामा अहिले १३५ वटा गाई रहेको जानकारि गराउनुभयो।
मल्लले सुविधायुक्त गोठमा गाई पालिएको साथै विभिन्न व्यक्ति, संस्था र स्थानीय सरकारले सहयोग गर्दै आएको बताउनुभयो ।
एक गाईका लागि मासिक २‚१०० खर्च हुने गरेको साथै गाई पालनमा वार्षिक ३५ लाख खर्च हुने साथै नियमित र ज्यालादारी गरी करिब १५ जना कर्मचारी रहेको संरक्षक झपिन्द्र ज्ञवालिले बताउनुभयो।














