मुख्य समाचार
बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल | डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु |

राष्ट्रिय समाचार समसामयिक १ कार्तिक २०८३, शनिबार

बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा

Rastriyanews

काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन आज शनिबार नवदुर्गाका सातौँ स्वरूप देवी कालरात्रिको विशेष पूजाआराधना गरिँदै छ। यसै अवसरमा घरघरमा विधिपूर्वक फूलपाती भित्र्याउने परम्परा रहेको छ। फूलपातीको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष फूलपाती बढाइँ समारोह आयोजना गर्ने कार्यक्रम छ।

फूलपातीलाई नवपत्रिका पनि भनिन्छ। यसमा नौ प्रकारका पवित्र वनस्पति तथा पालुवाहरू समावेश हुन्छन्। धार्मिक मान्यताअनुसार केरा, अनार, धानको बाला, हलेदो, मानवृक्ष, उखु, बेलपत्र, अशोक र जयन्तीलाई क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकरहिता र कात्तिकी देवीका प्रतीकका रूपमा पूजा गरिन्छ।

ऐतिहासिक परम्पराअनुसार गोरखा दरबारको दसैँघरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने गरिन्छ। गोरखाबाट पुजारीसहित मगर समुदायका छ जनाले फूलपाती धादिङको जीवनपुरसम्म पैदल ल्याउने र त्यहाँबाट छ जना ब्राह्मणले काठमाडौँको जमलसम्म ल्याउने परम्परा छ। जमल पुगेपछि सरकारी अधिकारी, नेपाली सेनाको गुर्जु पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक झाँकीसहित फूलपातीलाई हनुमानढोका दरबारमा भित्र्याइन्छ।

कालरात्रि देवीको विशेष पूजा

नवरात्रको सातौँ दिन देवी कालरात्रिको विशेष पूजाआराधना गरिन्छ। देवीको स्वरूप भयानक भए पनि भक्तजनलाई शुभ फल प्रदान गर्ने विश्वासका कारण उहाँलाई शुभङ्कारीसमेत भनिन्छ। धार्मिक मान्यताअनुसार कालरात्रिको पूजा गर्नाले भय, रोग तथा नकारात्मक प्रभावबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।

पौराणिक कथाअनुसार रक्तबीज नामक शक्तिशाली असुरको वध गर्न देवी दुर्गाले कालरात्रिको रूप धारण गर्नुभएको थियो। रक्तबीजले आफ्नो शरीरबाट निस्कने रगतको प्रत्येक थोपाबाट अर्को शक्तिशाली असुर जन्मिने वरदान पाएका कारण उनलाई पराजित गर्न कठिन भएको थियो।

रक्तबीजको अत्याचार बढ्दै गएपछि देवी दुर्गाले आफ्नो तेज र क्रोधबाट कालरात्रिको रूप प्रकट गर्नुभयो। कालो वर्ण, तीन आँखा र गधालाई वाहनका रूपमा लिने कालरात्रि देवीले युद्धका क्रममा रक्तबीजको शरीरबाट निस्किएको रगत जमिनमा खस्न नदिई पान गर्नुभएको पौराणिक कथामा उल्लेख छ। यसरी रक्तबीजको अन्त्य भएपछि देवताहरूले असुरको आतङ्कबाट मुक्ति पाएको धार्मिक विश्वास छ।

दुष्ट शक्तिको विनाश र धर्मको स्थापनाको प्रतीकका रूपमा लिइने देवी कालरात्रिको पूजा बडादसैँको धार्मिक महत्त्वसँग जोडिएको छ। फूलपाती भित्र्याउने परम्परा र कालरात्रिको पूजाले दसैँको उल्लासलाई थप विशेष बनाउने गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा

१ कार्तिक २०८३, शनिबार

रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन

१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

१ कार्तिक २०८३, शनिबार

डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान

३० असोज २०८३, शुक्रबार

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

३० असोज २०८३, शुक्रबार

माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ

२९ असोज २०८३, बिहीबार

सम्बन्धित समाचार