पोखरा– गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२" गत २०८१ चैत्र १७ गते शुरु भैई आगामी २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर र आसपासको स्थानीय जग्गामा भव्य रूपमा सञ्चालन हुँदैछ।
४१ दिनसम्म निरन्तर हवन हुने यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्ड लगायतका सामग्री लिएर सहभागी हुन अनुरोध गरिएको छ, जस अनुसार वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत सम्पन्न भएको छ। सुश्री अनुराधा पाण्डेयले चैत्र २९ गतेदेखि भागवत कथा प्रबचन शुरू गर्नु भएको छ भने देवी प्रतिभाले गत शुक्रबारदेखि दैनिक प्रबचन दिइरहनु भएको छ। साथै दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका धर्मगुरुहरूले कथावाचन गर्ने आयोजकले जानकारी गराउदै वैशाख १६ गतेदेखि राष्ट्रियस्तरका धार्मिक वक्ता र सांस्कृतिक कलाकारहरूको सहभागिताले महायज्ञको रौनक थपिने समेत बताएका छ्न। यज्ञ अवधिभर कथा वाचन, भजन, प्रवचन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू नियमित सञ्चालन भइरहेका छन्, जसमा साधु–सन्त, ब्राह्मण, भक्तजन र आध्यात्मिक प्रेमीहरूको बृहत् उपस्थितिले आध्यात्मिक वातावरण सिर्जना गरेको छ।
महायज्ञको प्रचार–प्रसार र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक सञ्जालम्स छोटा भिडियो प्रतियोगिता आयोजना गरिएको छ, जसमा प्रथम रु. २५,०००, द्वितीय रु. २१,०००, तृतीय रु. १७,००० र प्रशंसनीय रु. १३,००० पुरस्कार प्रदान गरिनेछ। भिडियोमा मानवसेवाफाउण्डेशन र गण्डकीकोटिहोम ह्यासट्याग अनिवार्य ट्याग गर्नुपर्नेछ। साथै, वैशाख १७ देखि जेठ २० गतेसम्म आयोजित खुल्ला राष्ट्रिय भजन प्रतियोगितामा प्रथम रु. ३,५५,५५५, द्वितीय रु. २,५५,५५५, तृतीय रु. १,५५,५५५, शान्त्वना रु. ६५,५५५ र उत्कृष्ट १० विधामा रु. २५,५५५ पुरस्कारहरू प्रदान गरिनेछ, जसमा पोखरा, कास्की, गण्डकी प्रदेश, अन्य प्रदेश र विदेशबाट सहभागी समूहलाई क्रमशः रु. ५,००० देखि रु. १५,००० सम्म प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। जेठ १ देखि जेठ २५ गतेसम्म सञ्चालित वक्तृत्वकला प्रतियोगितामा प्रथम रु. ५१,१५१, द्वितीय रु. ४१,१४१, तृतीय रु. ३१,१३१ र चौथो रु. २१,१२१ पुरस्कारको ब्यबस्था गरिएको छ।, जसमा कास्की बाहिरका सहभागीलाई यातायात खर्च र एसइइ दिएका विद्यार्थीहरूलाई सहभागिताको अवसर प्रदान गरिनेछ।
त्यस्तै गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक बाजा तथा सांस्कृतीक झाँकी प्रदर्शनी पनि गरिने भएको छ ।
मैलिक बाजा तथा झाँकी प्रदर्शनीमा सहभागी समूह मध्य उत्कृष्ट समूलाई नगद सहित सम्मान पनि गरिने भएको छ । जहाँ प्रथम हुने समूहलाई रु ३१ हजार १३१, दोस्रो हुने झाँकी समूलाई २५ हजार ५२५, तेस्रो हुने समूहलाई रु २१ हजार १२१ र चौथो हुने समूहलाई नगद रु १५ हजार ५१५ सहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ ।
प्राज्ञ प्रजापति पराजुलीको संयोजकत्वमा सञ्चालित यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धन, सामाजिक एकता र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पु–याउने अपेक्षा गरिएको छ। थप जानकारीको लागि तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। ९८५६०८२२९०, ९८५६०८२२९१, ९८६३२५२१२१, ९७०५२५२१२५, ९८५६०२३०८४, ०६१–५८४७०१ ।।












