राष्ट्रिय न्युज- पाल्पामा क्रियाशील ६ राजनीतिक दलहरुले संयुक्त बिज्ञप्ति जारी गरेका छन । राजनीतिक दलहरुको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संबैधानिक मयार्दा माथि प्रत्यक्ष असर पार्ने गरी निर्बाचन आयोगद्वारा मस्यौदा गरिएको राजनीतिक दल स्व मूल्यांकन कार्यविधि २०८२ प्रति पाल्पामा क्रियाशील राजनीतिक दलहरुले प्रेस बिज्ञप्ति जारी गरि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।
पाल्पाका ६ राजनीति दलहरुले यो कार्यविधि संबिधान र राजनीतिक दल सम्बन्धी एन २०७३ को मर्म बिपरित भएको उल्लेख गरेका छन। उक्त संयुक्त प्रेस बिज्ञप्तिमा नेकपा माओबादी केन्द्र पाल्पाका संयोजक राजेन्द्र बिक, रास्वपा पाल्पा सह संयोजक सुमन गैरे,रास्ट्रीय प्रजातन्त्र पाटी अध्यक्ष डुल बहादुर कुँवर, नेकपा एकीकृत समाजबादी पाल्पाका अध्यक्ष अशोक कुमार शाही, राष्टिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी र राष्ट्रिय जनमुक्ति पाटीका प्रतिनिधि होम बहादुर थापाले हस्ताक्षर गरेका छन ।
पाल्पा स्थित ६ राजनीतिक दलको संयुक्त प्रेस बिज्ञप्ति













